मुगुमा गाउँपालिका केन्द्रमै खानेपानीको हाहाकार « Khabarhub

मुगुमा गाउँपालिका केन्द्रमै खानेपानीको हाहाकार


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिका केन्द्रमै खानेपानीको समस्या छ । गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दालाई अहिले पनि खानेपानीका लागि हाहाकार बेहोर्नु परेको हो ।

सोरु गाउँपालिकाको सोरुकोट पालिका केन्द्रका दलित र गैरदलितका करिब ५० भन्दा बढी घरधुरीका बासिन्दाहरू वर्षौदेखि पानीका लागि गतिलोसँग प्यास मेटाउन पाएका छैनन् ।

सोरुकोटमा गाउँपालिका केन्द्र भएको ६ वर्ष पुगिसकेको छ । सत्ता फेरिए पनि सोरुकोट बासीले आफ्नो अवस्था नफेरिएको गुनासो गरेका छन् ।

निर्वाचनका बेला नेताहरूले खानेपानीलाई चुनावी नारा बनाउने गरेका छन् । अहिलेसम्म पनि गाउँपालिकाको केन्द्र सोरुकोटमा आवश्यकता अनुसारको खानेपानी उपभोग गर्न नपाएको सोरुकोटमा पसल व्यवसाय गर्दे आएकी कविता शाहीले बताइन् ।

सोही टोलकी कमली मल्ल घर नजिकैको धारापानीले बस्तुभाउलाई खान त परै जावस आफूहरूका लागि करिब एक घण्टा लगाएर खानेपानी उपभोग गरिरहेको उनी सुनाउँछिन् ।

करिब ५० भन्दा बढी घरधुरीले उपभोग गर्दे आइरहेको एउटा धारो छ । त्यही पनि पानी कहिले चुहिन्छ भनेर पखाइमा बस्ने गरेका छौं । धारामा पानी नआए हामीहरूलाई बिहान बेलुका छाक टार्न पनि समस्या हुन्छ’ उनले भनिन् ।

धारोमा पानी नआए एक घण्टा समय लगाएर सोरुकोट गाउँको तल पट्टी जडेपानी, धुपी गाउँ गएर पानी बोक्नुपर्ने समस्या रहेको मल्लको भनाइ रहेको छ ।

डोकोमा गाग्री बोकेर पानी ल्याउने उनीहरूको लुगा धुने नुहाउने थलो पनि त्यही एक धारा मात्रै रहेको छ । सोरुकोटमा पानी पनि बिहान ६ बजेदेखि ८ बजेसम्म आउँछ भने साँझ त्यही ५ बजेबाट एक दुई घण्टा आउँछ ।

सोरुकोट गाउँमा तीन वटा धारा छन् । तर, पानी झर्दैन । एक गाग्री पानी लिन धारामा घण्टौं कुर्नुपर्छ । त्यसमा पनि आलो कतिबेला आउँछ भन्ने निश्चित नै हुँदैन ।

नेताहरूले चुनावका बेला बाटो निर्माण, खानेपानीलगायत योजनाका कुरा गरेर जनता फकाउने मात्र काम गरेको स्थानीय बताउँछन् ।

पालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार समग्र सोरु बासीको मुहार फेर्नको लागि बृहत् खानेपानी आयोजना भइरहेको उनले बताए । यो आयोजनाले यहाँका स्थानीयले सहजै रूपमा खानेपानी उपभोग गर्न पाउने अध्यक्ष शाहीको भनाई छ । टेण्डर प्रक्रिया पनि अगाडी बढेको उनी बत्ताउँछिन् ।

सोरुकोटमा खानेपानीको हाहाकार भएपछि विशेष गरेर महिलालाई सास्ती हुने गरेको छ । सोरुकोटमा पानीको हाहाकार हुँदा महिनावारी भएको बेला महिलालाई सरसफाइदेखि लिएर लत्ता कपडा धुन पनि सास्ती हुने गरेको हो ।

महिनावारी भएको बेला समय(समयमा सरसफाइ गरी रहनुपर्छ भनेर चिकित्सकहरूले बताए पनि पानी अभावले सरसफाइमा समस्या हुने गरेको मल्लको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ३२ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको