बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने « Khabarhub

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ ।

बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो । गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ५८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा