महोत्तरीमा वडाध्यक्षले सेवाग्राहीलाई हाने झापड « Khabarhub

महोत्तरीमा वडाध्यक्षले सेवाग्राहीलाई हाने झापड


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सेवाग्राहीलाई महोत्तरीका एक वडा अध्यक्षले हातपात गरेको आरोप लागेको छ ।

वडामा सिफारिस लिन गएको वेला सामान्य विवादको क्रममा बर्दिबास-९ का वडा अध्यक्ष घुरण महतोले हातपात गरेका पीडितले गुनासो गरेका छन् ।

घरभाडामा बस्ने ६ महिनासम्म पनि नफर्किएपछि वडा-९ कै जितेन्द्र महतो सटरको चाबी तोड्नुपर्ने सिफारिस लिन बिहीबार वडा कार्यालय पुगेका थिए ।

पीडित भनिएका जितेन्द्र महतोका अनुसार कोरोना महामारीबाट प्रभावित सर्वसाधारणहरूलाई राहत लिन सिफारिसको लागी गएकी आफ्नी काकीको विषयमा विवाद भएको थियो ।

‘काकीको सिफारिसको लागी मैले वडा अध्यक्षलाई अनुरोध गर्दा एक्कासि रिसाउनुभयो,’ पीडित भनिएका महतोले भने ।

सामान्य विवाद हुन थालेपछि वडा अध्यक्ष घुरणले मोबाइल निकालेर भिडियो खिच्न थालेको उनको आरोप छ । किन भिडियो खिचेको भन्दा आफूलाई एक झापड हानेको उनले आरोप लगाए ।

यता अध्यक्ष महतोले भने जितेन्द्रमाथि कुनै हातपात नगरेको बताएका छन् । उल्टै महतोले आफूलाई हातपात गर्न खोजेपछि मोबाइल निकालेर रेकर्ड गर्न खोजेको बताए ।

पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दुवै जनालाई यस्तो हर्कत नदोहर्‍याउने सर्तमा प्रहरीले मिलापत्र गराएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : ११ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको