पाकिस्तानले चीनलाई सुरक्षा कम्पनी स्थापना गर्न नदिने « Khabarhub

पाकिस्तानले चीनलाई सुरक्षा कम्पनी स्थापना गर्न नदिने


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा सुरक्षा कम्पनी स्थापना गर्न चीनले गरेको प्रस्ताव पाकिस्तानले अस्वीकार गरेको छ ।

पाकिस्तानको एआरवाई न्युज समाचार च्यानलका अनुसार पाकिस्तानका आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले पाकिस्तानमा अर्को मुलुकलाई सुरक्षा कम्पनी स्थापना गर्न दिन अस्वीकार गरेका हुन् ।

यसअघि चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी स्थापना गर्न दिनका लागि आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

केही समययता पाकिस्तानमा चिनियाँ नागरिकलाई लक्षित गर्दै आक्रमणहरु बढ्दै गएसँगै पाकिस्तानमा चीनले सुरक्षा कम्पनी खोल्न आग्रह गरेको बताइएको छ ।

पाकिस्तानमा चिनियाँ लगानीमा निर्मित चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) पूर्वाधार निर्माणका लागि पाकिस्तानमा दशौँ हजार पाकिस्तानी नागरिक बसोबास गर्दै आएका छन् ।

यद्यपि पछिल्लो समय पाकिस्तानबाट चिनियाँ नागरिकहरु बाहिरिने क्रम बढेको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : ०६ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको