च्याम्पियनको आदत भएका यी सामाजिक अभियन्ता | Khabarhub Khabarhub

च्याम्पियनको आदत भएका यी सामाजिक अभियन्ता


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बास्केटबल प्रेमीहरूका मनको ढुकढुकी बनेका ५० को दशकका प्रख्यात एनबीए स्टार बेल रसेलको निधन भएको छ । ८८ वर्षको उमेरमा उनको गत आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रसेल तीनै खेलाडी हुन्, जसले आफ्नो १३ बर्षे एनबीए क्यारियरमा बोस्टन सेल्टिकलाई ११ पटक उपाधि मात्र दिलाएनन् । पाँचपटक मस्ट भ्यालुएबल प्लेयर समेत घोषित भए ।

सन् १९५६ मा उनकै नेतृत्वमा अमेरिकाले ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । यति मात्र होइन, उनी पहिलो अश्वेत मुख्य प्रशिक्षक हुन् । ‘बेल रसेल टिम स्पोट्सका सर्वकालीन उत्कृष्ट खेलाडी हुन्,’ उनका थुप्रै समर्थकको कथन छ ।

एनबीए बास्केटबलका जानकारहरू उनले बोस्टन सेल्टिकलाई दिलाएका सफलता नै उत्कृष्ट स्तरलाई पुष्टि गर्न पर्याप्त भएको बताउँछन् । खेल जीवनभर सामाजिक न्यायका लागि आवाज उठाउने उनको पदचापमा धेरै जना हिँडेका छन् । खेलाडीका रूपमा एनबीएका कमिस्नर एडम्स सिल्भर रेसललाई एनबीएका सर्वकालीन विजेताका रूपमा व्याख्या गर्न चाहन्छन् ।

उनको प्रभाव र चर्चा एनबीए बास्केटबल रहेसम्म कायम रहने सिल्भर बताउँछन् । सिल्भरकै विचारमा एनबीएको अहिलेको माथिल्लो उचाइसम्म पुर्‍याउन रसेलको महत्त्वपूर्ण भूमिका छ ।  अमेरिकी जनमानसमा एनबीएको उचाइमा रसेलको भूमिका र योगदान कहिल्यै भुल्न नहुनेसमेत सिल्भर बताउँछन् ।

सन् २०७५ मा खेलाडीको रूपमा हल अफ फेम अवार्ड पाएका उनले सन् २०२१ मा प्रशिक्षकको रूपमा यस अवार्ड पाएका थिए ।

आइतबार पारिवारिक स्रोतले रसेलले शान्त पूर्वक देह त्याग गर्दा उनको श्रीमती साथमै रहेको जनाएको छ । सन् १९३४ मा जन्मिएका रसेलको सुरुवाती खेल यात्रामै सान फ्रान्सिस्को कलेजको भूमिका महत्त्वपूर्ण रहेको थियो । त्यहाँबाट छात्रवृत्ति पाएका उनले सन् १९५५ र १९५६ मा कलेजलाई राष्ट्रिय च्याम्पियन बनाएका थिए । कलेजको विद्यार्थी रहँदा उनी हाइजम्पका राम्रा खेलाडी समेत थिए ।

खेल जीवनमा रसेलले विभिन्न आरोह अवरोह भोग्नुपरेको थियो । ७० वर्षअघि अमेरिकी समाज अहिलेको जस्तो परिष्कृत भइसकेको थिएन । कानुनी रूपमा रङ्गभेद नीति त थिएन तर  यसको असर पक्कै थियो । रसेलले पनि आफूले भोगेको सङ्घर्षपूर्ण जीवनमा रङ्गभेदी सोचले असर गरेको महसुस गरेका थिए ।

मार्टिन लुथर किङ्गका अनुयायी उनी किङका धेरै भाषण पनि सुन्ने गर्थे । ‘ह्वाट अ ड्रिम’ किङको सर्वाधिक लोकप्रिय भाषण थियो । यसै भाषणबाट प्रभावित उनी सन् १९६७ मा मोहम्मद अलीको  समर्थनमा भएको क्लेभेन्ट समिटमा सहभागी भएका थिए । सन् १९६६ मा उनी अमेरिकी इतिहासकै पहिलो मुख्य प्रशिक्षकको रूपमा चयन हुने अश्वेत भए । उनले बोस्टनमा रेड अयुरबाकलाई प्रतिस्थापन गरेका थिए ।

बोस्टन छाडे पनि उनी केही समय टेलिभिजन प्रस्तोताको रूपमा काम गरेका थिए । यसपछि फेरि सिटल सुपरसोनिकको प्रशिक्षकको रूपमा बास्केटबलमा फर्किएका थिए । लामो समयपछि उनले स्कारोमेन्टो किङको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।

एनबीए बास्केटबललाई अहिलेका उचाइमा लैजानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई सन् २००९ मा भने ठूलो सम्मान दिइएको थियो । एनबीएले मस्ट भ्यालुएबल प्लेयरको अवार्ड समेत उनको नाममा राखिएको थियो । उनी आफै उपस्थित भएर कोबे ब्रान्टलाई त्यो अवार्ड दिएका थिए ।

रेसल र ब्रान्टको दोस्ती खुबै जमेको थियो । भिन्न पुस्ताका यी दुई स्टार खेलकै बारे धेरै भलाकुसारी गर्थे । सन् २०२० मा हेलिकोप्टर दुर्घटनामा ब्रान्टको निधन भएपछि यसले रसेललाई स्तब्ध बनाएको थियो । यसपछि उनी धेरै नै भावुक बनेका थिए ।

रसेलको निधनमा अमेरिकी बास्केटबलमा आबद्ध व्यक्ति तथा निकायबाट समवेदना व्यक्त हुने क्रम जारी छ । बोस्टन सेल्टिकले सधैँ च्याम्पियन बन्ने क्षमता राख्ने एक सामाजिक अभियन्ताको निधन भएको जनाएको छ । यस्तै म्याजिक जोन्सनले आफ्नो तीन दशक लामो खेल जीवनको एउटा राम्रो मेन्टर गुमेको प्रतिक्रिया दिएका छन् ।

जेनस बसले रसेल खेलाडी भन्दा बढी एउटा असल व्यक्ति भएको प्रतिक्रिया दिएका छन् । उनको निधन साँच्चै दुखद भएको प्रतिक्रिया उनले दिएका छन् ।

त्यसो त कुनै पनि खेलकुदमा सर्वकालीन उत्कृष्ट खेलाडी को हो भन्ने प्रश्नको जवाफ त्यत्ति सहज पक्कै हुने छैन ।

संसारको सर्वकालीन उत्कृष्ट बास्केटबल खेलाडीको सूचीमा माइकल जोर्डनकै नाम लिने गरिन्छ । यिनको कार्यकालमा सिकागो बुल्स पनि संसारको एउटा प्रमुख ब्रान्ड बनेको थियो । उनले एनबीएमा १५ सिजन खेलेका थिए । यस क्रममा उनले सिकागो बुल्सलाई ६ पटक च्याम्पियन बनाएका थिए ।

लस एन्जलस लाकर्सका लागि खेल्ने गरेका लीब्रन जेम्सलाई अर्को उत्कृष्ट बास्केटबल खेलाडीका रूपमा चित्रण गरिएको छ ।

माइकल जोर्डन र ली ब्रोन जेम्स फरक पुस्ताका भएका कारण पनि यिनीहरूको तुलना गर्न कठिन भएको हो । करिन अब्दुल जबार, म्युजिक जोन्सन, कोबे ब्रान्ट त्यस सूचीमा समावेश अन्य बास्केटबल स्टार हुन् । सर्वकालीन उत्कृष्ट खेलाडीको सुचीमा साक्वे ओ नेल, लेरी बर्ड, विल्ट च्याम्बरलीन, टिम डन्कन र स्टेफन कुरी पनि समावेश छन् । केभिन डुरान्ट पनि यस सूचीमा छन् । ओस्बर रोबर्टसन, हाकीम ओलाजामु, केभिन गार्नेट पनि त्यस सूचीमा छन् ।

खेलाडीका रूपमा रसेलको जीवनको समकक्षमा धेरै जना पुगे होलान् । तर, एउटा स्टारले समाजलाई कसरी दिशा निर्देश गर्न सक्छ भन्ने कुराको उनी राम्रो उदाहरण हुन् । सन् १९६२ मा सेल्टीक बोस्टनका लागि खेल्दै गरेको समयमा उनी सहितको खेलाडीले होटेलमा खाना खाने समयमा भएको दुर्व्यवहारका कारण उनी आक्रोशित भएका थिए । त्यहाँबाट गरेको विद्रोहपछि उनी बिस्तारै मानव अधिकारवादी अभियन्ता भएका थिए ।

मोहम्मद अलि भियतनाम युद्धमा सरिक हुन नचाहेपछि रसेलले पनि यस अभियानमा साथ दिएका थिए । सानोमा लाउयीनमा आइपुगेका उनले त्यहाँ पनि रङ्गभेदको महसुस गरेका थिए । त्यसपछि ओकल्यान्ड पुगेर क्यालिफोर्नियाका लागि बास्केटबल खेलेका थिए ।

त्यसपछि उनी एकपटक टोलीमा छनोट भएनन् । त्यस समयमा उनले अश्वेत भएकै कारण उनी छनोट नभएको महसुस गरेका थिए । हाई स्कुल तहमा उत्कृष्ट प्रदर्शन गरे पनि कुनै कलेजबाट छात्रवृत्तिको पहल नभएपछि उनी आश्चर्यमा परेका थिए । लामो समयपछि उनलाई बल्लबल्ल सान फ्रान्सिस्कोले छात्रवृत्ति दिएको थियो ।

कलेज तहमा सानदार प्रदर्शन गरेका उनले चार पटक एनसीएएमा चारपटक मस्ट भ्यालुएबल प्लेयरका लागि चयन भएका थिए । रसेल सान फ्रान्सीस्कोमा रहेसम्म एकपटक उप विजेता हुनु बाहेक हरेकपटक विजेता भएका थिए ।

रङ्गभेदको विरुद्धमा लगातार आवाज उठाउने उनी वासिङटनमा भएको मार्टिन लुथर किङ मार्च पासमा सरिक भएका थिए ।

उनको एउटै मान्यता थियो, ‘यो संसार सुन्दर छ । संसारका सबैले यस सुन्दरताको अनुभव गर्न पाउनुपर्छ ।’

संसारमा खेलकुद नयाँ मोडमा पुगेको छ । आजको समयमा संसारका मानिस एक जुट हौँ भन्ने भावनाको सबैभन्दा धेरै ग्रहण गर्ने देश अमेरिका बनेको छ । युरोपका कतिपय देशमा रङ्गभेदको आवाज उठेको समयमा अमेरिका ती सबै कुराबाट अघि बढेको छ ।

रसेलको आवाजले यस्तो सार्थकता पायो कि, पछिल्लो दशक त एनबीएमा अश्वेत खेलाडीको दबदबा छ ।

ट्रायक एन्ड फिल्ड, बास्केटबल, फुटबल हुँदै अधिक खेलमा अमेरिकाका अश्वेत स्टारको दबदबा छ । २१ औ शताब्दीको अमेरिकी खेलकुदमा अश्वेतहरूको यो सान रहनुमा कुनै दिन रसेलले चालेको अभियानले ठूलो भूमिका खेलेको थियो ।

(बीबीसी, सिबीसी स्पोर्ट्स, बास्केटबल न्वाइजकम्प्लेक्स डटकमका रिपोर्टहरूमा आधारित।)

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : १५ बजे

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई