विश्व इतिहासमा आज : रविन्द्रनाथ टैगोरको मृत्युदेखि जर्जियामाथि रुसको आक्रमणसम्म « Khabarhub

विश्व इतिहासमा आज : रविन्द्रनाथ टैगोरको मृत्युदेखि जर्जियामाथि रुसको आक्रमणसम्म


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २२ गते आइतबार । सन् २०२२ अगस्ट ७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००८ अगस्ट ७ मा रुसले जर्जियामाथि आक्रमण गरेको थियो । जर्जियाअन्तर्गत दक्षिण ओसेशिया र अब्खाजिया प्रान्तको विषयमा विवाद उत्पन्न भएको थियो । सन् १९९० को दशकमा जर्जियाबाट अलग भएका यी दुई प्रान्तको स्वतन्त्रताको विषयमा विभिन्न अन्तर्राष्ट्रिय समुदाय अवगत भएका थिएनन् । रुसले यी प्रान्तहरुको समर्थन गर्दै शान्ति सुरक्षा सेना खटाएका थियो ।सन् २००८ मा भारी मात्रामा सेना तैनात गरेपश्चात जर्जिया र रुसबीच तनाव उत्पन्न भएको थियो । जर्जियाले दुवै प्रान्त गुमाएसँगै युद्ध समापन भएको थियो ।

सन् २००७ अगस्ट ७ मा सान फ्रान्सिस्को जायन्ट्सका ब्यारी बन्ड्सले ७५६ औँ ‘होम रन’ बनाउँदै ह्याङ्क आरोनको कृतिमान तोडेका थिए । बन्डको यस कृतिमानको लोकप्रियता स्टेरौड प्रयोग र ‘ग्रान्ड जुरी’ लाई झुट बोलेको आरोपका कारण घटेको थियो ।

सन् १९९० अगस्ट ७ मा राष्ट्रपति जर्ज अर्बट वाकर बुशले कुवेतमाथि इराकले गरेको अतिक्रमणको प्रतिक्रियास्वरुप ‘ओपरेशन डेसर्ट शिल्ड’ को शुरुवातको आदेश दिए ।

सन् १९९८ अगस्ट ७ मा दार एस सलाम, तान्जानिया र नैराबीमा भएको अमेरिकी राजदुतावास तथा केन्यामा भएको संयोजन्तात्मक बम विष्फोटमा २०० जनाको मृत्यु भएको थियो । साथै राजधानीमा भएको ट्वीन एट्याक्कको जिम्मेवारी अलकाइदा निकट इजिप्टको इस्लामिक जिहादले लिएको थियो ।

सन् १९८४ अगस्ट ७ मा भएको ओलम्पिकअन्तर्गतको बेसबल खेलमा जापानले संयुक्त राज्य अमेरिकालाई २–० ले पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।

सन् १९८१ अगस्ट ७ मा आर्थिक घाटाका कारण १ सय २८ वर्ष चलेको ‘द वासिङ्टन स्टार’ पत्रिका बन्द भयो ।

सन् १९७४ अगस्ट ७ मा एक २४ वर्षीय फ्रान्सेली कलाकार फिलिप पिटीट टीव्न टावरबीचको एक तारमा हिडेका थिए । उनले ४५ मिनेटको दौरान ८ पटक दुई टावरबीच ओहरदोहर गरेका थिए । सो तार जमीनबाट १ हजार ३ सय ५० फिट माति रहेको थियो ।

सन् १९६० अगस्ट ७ मा फ्रान्सको अधीनमा रहेको आइभरी कोस्ट पूर्ण रुपमा स्वतन्त्र भयो । फ्रान्सले सन् १८९३ मा आइभरी कोस्टलाई अतिक्रमण गरेको थियो । फिलिक्स हुफुवे–बौइनी स्वतन्त्र राष्ट्रका पहिलो राष्ट्रपति बनेका थिए । उनले ६३ वर्षसम्म राष्ट्रपतिको कार्यभार सम्हाले ।

सन् १७८२ अगस्ट ७ मा न्यूयोर्कको न्यूबर्गमा कन्टिनेन्टल आर्मीका जनरल जर्ज वासिङ्टनले ‘ब्याज अफ् मिलिट्री मेरिट’ बनाए । सन् १९३२ मा पर्पल हार्टको रुपमा चिनिने यस तक्मालाई संयुक्त राज्य प्रहरी बलका प्रहरीको मृत्यु वा घाइते भएको खण्डमा सम्मान स्वरुप प्रदान गरिने निर्णय गरिएको थियो । सो निर्णय वासिङ्टनको २०० औँ जन्मोत्सवमा गरिएको थियो । संयुक्त राज्य अमेकिामा यस दिनलाई ‘पर्पल हार्ट डे’ को रुपमा मनाइन्छ ।

सन् १९४१ अगस्ट ७ मा भारतीय लेखक, कवि तथा नोबल पुरस्कारले विभूषित रविन्द्रनाथ टैगोरको मृत्यु भएको थियो । भारत र बंगलादेशको राष्ट्रिय गीत लेखेका टैगोरको मृत्युको ठोस कारण भने थाहा भइसकेको थिएन ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : २४ बजे

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि