विश्व इतिहासमा आज : रविन्द्रनाथ टैगोरको मृत्युदेखि जर्जियामाथि रुसको आक्रमणसम्म « Khabarhub

विश्व इतिहासमा आज : रविन्द्रनाथ टैगोरको मृत्युदेखि जर्जियामाथि रुसको आक्रमणसम्म


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २२ गते आइतबार । सन् २०२२ अगस्ट ७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००८ अगस्ट ७ मा रुसले जर्जियामाथि आक्रमण गरेको थियो । जर्जियाअन्तर्गत दक्षिण ओसेशिया र अब्खाजिया प्रान्तको विषयमा विवाद उत्पन्न भएको थियो । सन् १९९० को दशकमा जर्जियाबाट अलग भएका यी दुई प्रान्तको स्वतन्त्रताको विषयमा विभिन्न अन्तर्राष्ट्रिय समुदाय अवगत भएका थिएनन् । रुसले यी प्रान्तहरुको समर्थन गर्दै शान्ति सुरक्षा सेना खटाएका थियो ।सन् २००८ मा भारी मात्रामा सेना तैनात गरेपश्चात जर्जिया र रुसबीच तनाव उत्पन्न भएको थियो । जर्जियाले दुवै प्रान्त गुमाएसँगै युद्ध समापन भएको थियो ।

सन् २००७ अगस्ट ७ मा सान फ्रान्सिस्को जायन्ट्सका ब्यारी बन्ड्सले ७५६ औँ ‘होम रन’ बनाउँदै ह्याङ्क आरोनको कृतिमान तोडेका थिए । बन्डको यस कृतिमानको लोकप्रियता स्टेरौड प्रयोग र ‘ग्रान्ड जुरी’ लाई झुट बोलेको आरोपका कारण घटेको थियो ।

सन् १९९० अगस्ट ७ मा राष्ट्रपति जर्ज अर्बट वाकर बुशले कुवेतमाथि इराकले गरेको अतिक्रमणको प्रतिक्रियास्वरुप ‘ओपरेशन डेसर्ट शिल्ड’ को शुरुवातको आदेश दिए ।

सन् १९९८ अगस्ट ७ मा दार एस सलाम, तान्जानिया र नैराबीमा भएको अमेरिकी राजदुतावास तथा केन्यामा भएको संयोजन्तात्मक बम विष्फोटमा २०० जनाको मृत्यु भएको थियो । साथै राजधानीमा भएको ट्वीन एट्याक्कको जिम्मेवारी अलकाइदा निकट इजिप्टको इस्लामिक जिहादले लिएको थियो ।

सन् १९८४ अगस्ट ७ मा भएको ओलम्पिकअन्तर्गतको बेसबल खेलमा जापानले संयुक्त राज्य अमेरिकालाई २–० ले पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।

सन् १९८१ अगस्ट ७ मा आर्थिक घाटाका कारण १ सय २८ वर्ष चलेको ‘द वासिङ्टन स्टार’ पत्रिका बन्द भयो ।

सन् १९७४ अगस्ट ७ मा एक २४ वर्षीय फ्रान्सेली कलाकार फिलिप पिटीट टीव्न टावरबीचको एक तारमा हिडेका थिए । उनले ४५ मिनेटको दौरान ८ पटक दुई टावरबीच ओहरदोहर गरेका थिए । सो तार जमीनबाट १ हजार ३ सय ५० फिट माति रहेको थियो ।

सन् १९६० अगस्ट ७ मा फ्रान्सको अधीनमा रहेको आइभरी कोस्ट पूर्ण रुपमा स्वतन्त्र भयो । फ्रान्सले सन् १८९३ मा आइभरी कोस्टलाई अतिक्रमण गरेको थियो । फिलिक्स हुफुवे–बौइनी स्वतन्त्र राष्ट्रका पहिलो राष्ट्रपति बनेका थिए । उनले ६३ वर्षसम्म राष्ट्रपतिको कार्यभार सम्हाले ।

सन् १७८२ अगस्ट ७ मा न्यूयोर्कको न्यूबर्गमा कन्टिनेन्टल आर्मीका जनरल जर्ज वासिङ्टनले ‘ब्याज अफ् मिलिट्री मेरिट’ बनाए । सन् १९३२ मा पर्पल हार्टको रुपमा चिनिने यस तक्मालाई संयुक्त राज्य प्रहरी बलका प्रहरीको मृत्यु वा घाइते भएको खण्डमा सम्मान स्वरुप प्रदान गरिने निर्णय गरिएको थियो । सो निर्णय वासिङ्टनको २०० औँ जन्मोत्सवमा गरिएको थियो । संयुक्त राज्य अमेकिामा यस दिनलाई ‘पर्पल हार्ट डे’ को रुपमा मनाइन्छ ।

सन् १९४१ अगस्ट ७ मा भारतीय लेखक, कवि तथा नोबल पुरस्कारले विभूषित रविन्द्रनाथ टैगोरको मृत्यु भएको थियो । भारत र बंगलादेशको राष्ट्रिय गीत लेखेका टैगोरको मृत्युको ठोस कारण भने थाहा भइसकेको थिएन ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : २४ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर