बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुँदै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि आजबाट छलफल हुने भएको छ । महाभियोग प्रस्तावमाथि पाँच महिनापछि छलफल अघि बढ्ने भएको हो । प्रतिनिधि सभाको बिहान ११ बजे बस्ने बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

२. आजदेखि राजनीतिक दल दर्ता सुरु  
प्रतिनिधिसभा  तथा  प्रदेश  सभा  सदस्यका लागि हुने  आगामी  निर्वाचन प्रयोजनका  लागि आजदेखि  राजनीतिक दल  दर्ता  सुरु  हुने भएको छ । सरकारले मङ्सिर ४  गते निर्वाचनको मिति घोषणा  गरेपछि  आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता  आह्वान गरेको  हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा  दल  दर्ता  गर्न सकिने जानकारी दिएका छन्।

३. तनहुँमा मतदाता थपिए
तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानबाट ती मतदाता थपिएका हुन्। सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म तीन हजार चार सय १२ महिला र तीन हजार ६ सय ४२ पुरुष थपिएका छन् ।

४. प्रचण्डद्वारा जापानको हिरोसिमाको अवलोकन 
पाँच दिने जापान भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज आणविक बम खसेको स्थान हिरोसिमा शहर पुगेका छन् । प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ। उहाले हिरोशिमा संग्राहलयको समेत अवलोकन गरे । प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तर्क्रियामा सहभागी हुने कार्यक्रम रहेको छ।

५.वर्तमान राजनीतिक दलहरूले चुनाव जिते देशले कुनै निकास पाउँदैन : भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरूले चुनाव जिते पनि देशले कुनै निकास नपाउने दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले  देशमा अझै पुँजीवादी, साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् ।

६. भोलिबाट घरको फोहोर उठ्ने
काठमाडौं महानगरपालिकाले करिब १० दिनदेखि थुप्रिएको घरघरको फोहोर भोलिबाट उठाउने भएको छ । बाटोको फोहोर भने केही दिनपछि मात्रै उठाइने महानगरका वातावरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । महानगरले सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेर घरको फोहोर बाटोमा फालेपछि केही दिन बाटोको फोहोर नउठाउने भएको पनि उनले स्पष्ट पारे ।

७. पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध
निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची–तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।

८. लमजुङको डुम्रे–बेँसीसहर फेरी अवरुद्ध
पहिरोको कारण गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक  पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरो र मर्स्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो

९.बंगलादेशमा तेलको भाउ बढेपछि विरोध प्रदर्शन सुरु
बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर हिंसात्मक विरोध प्रदर्शन भएको छ। शुक्रबार सरकारले पेट्रोलको भाउ ५१.७ प्रतिशत तथा डिजेलको भाउ ४२.५ प्रतिशतले बढाएको थियो। त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।तेलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनको क्रममा धेरै सहरमा आगजनी र ढुङ्गा प्रहारका घटना भएका थिए।

१०. वेस्ट इन्डिजविरूद्वको टी–२० सिरिज भारतलाई 
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी–२० सिरिज भारतले जितेको छ । गए राति सम्पन्न चौँथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले एक खेल अगावै सरिज ३–१ ले जितेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : २४ बजे

दाउरा निकाल्दा राप्तीमा फसेकी बालिकाको सकुशल उद्धार

काठमाडौं– दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी