कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए « Khabarhub

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि विवाद चर्किएको छ ।

जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका सभापति देउवाले पार्टीभित्र महाधिवेशनको विवाद चर्किएपछि समाधानका लागि आकस्मिक रुपमा शीर्ष नेतालाई निवासमा बोलाएका हुन् ।

देउवाको निजी सचिवालयका अनुसार शुक्रबार बिहान निजी निवास महाराजगञ्जमा देउवाले शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

कार्यवाहक सभापति खड्का देउवा निवासमा पुगिसकेपछि देउवाले थप नेतालाई छलफलमा बोलाएका हुन्। कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नियमित महाधिवेशन स्थगित गर्दै बिहीबार विशेष महाधिवेशन तय गरेका छन् । संस्थान पक्षले यो स्वीकार्य नहुने बताएपछि कांग्रेसमा विवाद चर्किएको छ ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन तोकेपछि कांग्रेसले शुक्रबार दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति देउवाले त्यसअघि नै समस्या समाधानका लागि शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : २९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी