‘दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन’ « Khabarhub

‘दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन’


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ–नयाँ प्रविधि तथा प्रयोगको चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

अपराध अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए। समाजमा शान्ति सुरक्षा कायम गराउन आपराधिक गतिविधि अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले  अनुसन्धानलाई अझै प्रभावकारी बनाउने गरी लाग्नुपर्ने उल्लेख गरे।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठन निरन्तर दत्तचित्त भएर लागेको बताए। प्रहरीको मनोबल उच्च बनाउनका लागि सङ्गठनलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले यसबाट अनुसन्धानको प्रभावकारितामा पनि वृद्धि हुने बताए। निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा त्यसलाई निष्पक्ष र भयरहित बनाउने वातावरण तयार गर्न उनले मातहतका निकायलाई निर्देशन दिए।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पछिल्लो समयमा अपराधको प्रवृत्ति बदलिएको उल्लेख गर्दै समय सापेक्ष चुनौतीका रूपमा बढिरहेका अपराधजन्य गतिविधिको अनुसन्धान तथा नियन्त्रण अहिलेको आवश्यकता भएको बताए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, प्रहरी नायब उपरीक्षक प्रवणकुमार विकलगायतले अपराधको अनुसन्धान र नियन्त्रणमा प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

गोष्ठीको आन्तरिक सत्रमा अपराध अनुसन्धान सम्बन्धमा प्रदेशका ११ वटै जिल्लाका प्रहरी प्रमुखबाट प्रस्तुतिकरणका साथै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रस्तुतीकरण हुने बताइएको छ । साथै गोष्ठीमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रस्तुतिका साथै छलफल एवं अन्तर्क्रिया हुनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : २२ बजे

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित