इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ :  मन्त्री कार्की | Khabarhub Khabarhub

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ :  मन्त्री कार्की


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् ।

लोक, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले भने, “समाज रूपान्तरण गर्नको निमित्त इञ्जिनीयरिङ क्षेत्रको धेरै ठूलो भूमिका रहन्छ, त्यसतर्फ तपाईहरुको ध्यान केन्द्रित रहन सकोस्, तपाईंहरुले चाल्ने कदमले हाम्रो समाजलाई अगाडि बढाउन सक्छ भन्ने विश्वास छ ।”

मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा आवश्यक पर्दा सरकार सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे। इञ्जिनीयरिङ विषय अध्ययनरत विद्यार्थीले नेपाली समाज र देशको समस्या एवं आवश्यकतालाई मध्यनजर गरी रचनात्मक नवीनतामार्फत जनजीवनलाई सहज बनाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा रचनात्मक कार्यलाई कसरी व्यावसायिक बनाई बजारीकरण गर्न सकिन्छ भन्नेतर्फ पनि सबैको ध्यान जानुपर्नेमा जोड दिए।

लोकस, प्राविधिक महोत्सव इलेक्ट्रिकल इञ्जिनीयरिङ विभाग र इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनीयरिङ विभाग, आइओइ, पुल्चोक क्याम्पसका स्नातक विद्यार्थीको नेतृत्वमा रहेको शैक्षिक संस्था हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सूचना, प्रविधि तथा सञ्चार विज्ञ ई दिपेश विष्टले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको योजना पूरा गर्न इञ्जिनीयरिङ क्षेत्रको महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।

लोक विद्यार्थीका लागि नेपालको सबैभन्दा विज्ञान तथा प्राविधिक महोत्सव बनेको अध्यक्ष टपेन्द्र पाण्डेयले जानकारी दिए। सन् २००३ मा स्थापित लोकसको सुरुआत भएदेखि नै नेपालभरका स्कुलदेखि कलेज र विश्वविद्यालयका युवा र उत्साही विद्यार्थी वर्गका लागि प्रविधिका क्षेत्रमा आफ्नो असाधारण सीप प्रदर्शन गर्नका लागि खुला मञ्च भएको उनको भनाइ छ । यसले वार्षिक रुपमा एक राष्ट्रिय प्राविधिक महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ०५ बजे

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

सप्तरी – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ