गाजामा जारी इजरायली हमलामा इस्लामिक जिहादका शीर्ष कमाण्डर मारिए « Khabarhub

गाजामा जारी इजरायली हमलामा इस्लामिक जिहादका शीर्ष कमाण्डर मारिए


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनको गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी इस्लामवादी लडाकु समूह प्यालेस्टिनियन इस्लामिक जिहादका शीर्ष कमाण्डर खालिद मन्सुर मारिएका छन् ।

इजरायली आक्रमणमा आफ्नो शीर्ष कमाण्डर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडले जनाएको छ ।

यसअघि शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी हवाई हमलामा मारिएको पुष्टि गरेको थियो ।

अल-कुद्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा शीर्ष कमाण्डर खालेद मन्सुर रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ ।

जबरी इजरायली हमलामा मारिएको बदलामा इस्लामिक जिहादका नेता जियाद नाखलाहले इजरायली शहर तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएका छन् ।

आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको थियो । त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू गर्दै आएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायलको अपरेशन ब्रेकिङ डन अन्तर्गत गाजा पट्टीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको र २०३ जना घाइते भएको बताएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २६ बजे

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु