वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सब–इन्जिनियर गोर सिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मान बहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् ।

दायर गरिएको मुद्दामा उनीहरूसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : १३ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा