बालाजुमा महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ « Khabarhub

बालाजुमा महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालाजु सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका-३ घर भई हाल टोखा-३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका-३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा६३प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई कानुनी कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ०६ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन