फाइल फोटो

राजनीति

‘एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिन्छु’

By खबरहब

August 07, 2022

काठमाडौँ- एमाले नेता गोकुल बास्कोटाले एउटै चूनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चूनौति दिएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चूनौति दिएका हुन्।

उनले गठबन्धनको काम देश बनाउने नभइ एमालेलाई बिगार्ने मात्र रहेको बताए। नेता बास्कोटाले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए।

उनले मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने स्पष्ट पारे।