चोरीका चार मोटरसाइकलसहित छ पक्राउ « Khabarhub

चोरीका चार मोटरसाइकलसहित छ पक्राउ


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइकलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइकलसहित खाँदबारी नगरपालिका–१० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको हो ।

त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइकलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यसैगरी जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका–३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका हुन् । त्यस्तै भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइकल चोरी गर्ने खाँदबारी नगरपालिका–१ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए। चोरीका  मोटरसाइकल रु २५ हजारदेखि रु ७० हजारसम्ममा बिक्री गरेको पाइएको उनको भनाइ छ ।

प्रहरीले मोटरसाइकल किन्ने तथा पुर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको छ । चोरीको योजना बनाउने मुख्य योजनकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भइरहेको प्रमुख राईको भनाइ छ ।

प्रमुख राईले भने, “केही समयदेखि यहाँ मोटरसाइकल चोरीको आतङ्क नै बढेको थियो । प्रहरीले यसको सूक्ष्म ढङ्गले अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । केहीलाई नियन्त्रणमा लिएका छौँ । उनीहरूको बयानका आधार यसमा संलग्न अरूको पनि खोजी गर्छौँ ।”

पक्राउ परेकामध्ये कतिपय यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परिसकेका पनि प्रमुख राईको भनाइ छ । उनीहरूले रातको समय प्रहरीको आँखा छल्नका लागि चोर बाटो प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूलाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

त्यस्तै प्रहरीले यो आर्थिक वर्षमा मुद्दामा १२ प्रतिशतले कमी ल्याएको जनाएको छ । प्रहरीले छ सय १४ रोपनीमा लगाएको तथा आफैँ उम्रेको लागूऔषध गाँजा नष्ट गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका आठ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीले तीन ठाउँमा प्रहरी चौकी निर्माणका लागि प्रहरीको नाममा जग्गा पास गर्न सफल भएको जनाइएको छ । त्यस्तै जरिवानाबापत रु १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : २७ बजे

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि