पाँचथरमा १९ वर्षीया सुत्केरीको मृत्यु « Khabarhub

पाँचथरमा १९ वर्षीया सुत्केरीको मृत्यु


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागोको उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था रहेकी उनको गए राति २ः३० बजे मृत्यु भएको हो ।

शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको उक्त अस्पतालले जनाएको छ । उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको अस्पतालको भनाइ छ ।

गए राति उनको मृत्यु भए पनि आज साँझसम्म शव अस्पतालमै छ । उनका आफन्तले मृत्युको कारणबारे असन्तुष्टि जनाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनभर छलफल चलेको छ ।

तुम्रोक गत असार २८ गते स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल गएको तथा परीक्षणपछि चिकित्सकले बच्चा सानो भएकाले सुत्केरी गराउन सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : १० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ