पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउने « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउने


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

आज संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षमा क्यानको सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जनाकारी दिए ।

यो विमानस्थल सञ्चालनमा आए सँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्ने छ ।नेपालमा गत आर्थिक वर्षमा मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरामा सरकारले क्षेत्रीयस्तरको विमानस्थल बनाउने निर्णय गरेसँगै यसको काम धमाधम अघि बढिरहेको र अहिले निर्माण सम्पन्नताको चरणमा पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ४६ बजे

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको