कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप « Khabarhub

कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ ।

तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए ।

‘खोप पालिकास्तरमै पठाइएको छ, तर नागरिक लगाउन नआउँदा १० हजार डोज खेर गयो’, उनले भने, ‘कोरोना बढेपछि आत्तिने र कम हुँदा लापरबाही गर्ने प्रवृत्तिका कारण मानिस खोप लगाउन बेवास्ता गरिरहेका छन् । यसले गर्दा बुस्टर डोज सबैलाई लगाउन सकिएन ।’

बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख १३ हजार ४६६ रहेको छ । निर्देशनालयका अनुसार कूल जनसङ्ख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य लिएकामा लक्षित जनसङ्ख्याको ५९ प्रतिशतले पहिलो मात्रा डोज लगाएका छन् । ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य लिएकामा ५७ प्रतिशतले खोप लगाए । खोपको पहिलो र दोस्रो मात्रा दुवै लगाउने १२ देखि १७ वर्ष उमेर समूहका छन् ।

कर्णालीमा हालसम्म एक लाख ९७ हजार ३३८ जनामा कोरोना परीक्षण गरिएको छ । सङ्क्रमण पुष्टि भएका ३९ हजार नौ जनामध्ये तीन सय ९१ जनाको कारण मृत्यु भएको थियो । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ११ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ