'धेरै उपचार गर्दा सञ्चो नभएमा लेजर थेरापी गर्नुपर्छ' | Khabarhub Khabarhub

‘धेरै उपचार गर्दा सञ्चो नभएमा लेजर थेरापी गर्नुपर्छ’

‘रोगको उपचार समयमा गराउनुपर्छ, नभए दुःख पाइन्छ’


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोगहरू, भित्री तथा बाहिरी घाउ नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगहरूलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। यसै विषयमा आधारित रहेर नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

लेजर थेरापी विधि भनेको के हो ? यसलाई हामीले कसरी बुझ्ने ?
लेजर थेरापी भनेको एक फिजियो थेरापी उपचारभित्र पर्ने एउटा अल्टरनेटिभ उपचार हो। जसको उपचार विकिरणको माध्यमबाट गरिन्छ। जसरी कुनै रोगहरूको विभिन्न उपकरण प्रयोग गरेर उपचार गरिन्छ त्यसरी नै अरू थेरापीको उपचार थेरापी औषधि सर्जरी गरेर पनि निको नभएको हुन्छ। नयाँ पुरानो रोग लामो समयसम्म उपचार गर्नु पर्ने हुन्छ। त्यस्तो अवस्थामा लेजर विकिरणको माध्यमबाट उपचार गरिन्छ। त्यसरी उपचार गर्दा त्यो बिग्रेका कोशिका फेरि राम्रो बनेर रोग लागिरहने अङ्ग निरोगी हुन्छ। रोग लाग्नबाट बच्छ।

नेपालमा यो विधि भित्र्याउने सोच कसरी आयो ?
एमबीबीएस सकेपछि हरेक डाक्टरको एउटा लक्ष्य हुन्छ। मास्टर्स के मा गर्ने भनेर। हेर्दा अरू रोगको त नेपालमा नै डाक्टरहरू छन् भन्ने लागेर नयाँ विषय छानेकी हुँ। मेरो परिवारमा पनि बुबा भाइहरूलाई बाथ लागेको र जुन उपचार गर्दा पनि निको नभएको कारणले यो लेजर थेरापीको उपचार गर्ने अस्पतालमा भर्ना भएँ। एक दुई दिन त्यहाँ बसेर हेर्दा बिरामी एक दुई दिनमा नै निको भएको देखेँ। मेरो श्रीमानले पनि नेपालमा नभएको विषय पढ्यो भने हामीले धेरै उपचार गर्न सकिन्छ भनेर पढाइमा उत्साह थपिदिनुभयो।

नेपालमा यो विधि कहिले भित्रियो ?
सन् २००१ मा मैले पढेर आए पछि भित्रिएको हो। सुरुमा बिरामीलाई थाहा छैन। डाक्टरमा पनि थाहा छैन। कुनै विषयमा यो विषय राखिएको हुँदैन। यो छुट्टै पढ्नु पर्दछ। सुरुमा त बिरामी पनि डराउने यो पनि उपचार हुन्छ। निको हुन्छ र भन्ने हुन्थ्यो। पछि मेरो अनुभव पक्षाघात भएर अरू उपचारबाट निको नभएको, ढाडको नसा च्यापिएर सर्जरी गरिसकेका र फेरि पनि दुखाई बल्झिनेहरू। शल्यक्रिया गर्न नचाहनेहरू भेटाएँ। त्योबाट एक दुई जना बिरामीहरू निको भए छि विस्तारै अरूमा पनि थाहा हुँदै गयो।

यो अरू उपचार विधि भन्दा कसरी फरक छ ?
कुनै पनि उपचार दुखाई कम गर्ने ट्याबलेट, इन्जेक्सन छोटोछोटो थेरापीको मोडलहरू चलाउने, मसाज गर्ने यी सबै चिज अस्थायी हुन जान्छ। लेजर थेरापी किन फरक भन्दा त्यो लेजर थेरापी गर्दा दुखेको अङ्गलाई छुनै चलाउनै पर्दैन। लेजर विकिरण हामीले दुखेको अङ्गमा राख्दा छालाको माथि मात्र राख्ने हो तातो चिसो केही आउँदैन। आज विकिरण दियो भोलि त्यो सुनिएको पाटहरू सुकेको हुन्छ। त्यसैले अरू औषधि खाएर काम गर्नु भन्दा यो विधि गर्दा सबै सेल्सहरूमा गएर काम गर्ने हुनाले एकदमै छिटो हुन्छ। यो सजिलो र सस्तो छ। अन्त उपचार गरेर धेरै खर्च गरेर आउने बिरामीले यहाँ त धेरै सस्तो भन्नु हुन्छ। बाहिर एक दुई घण्टा मसाज गर्दा दुई हजार जति लगिहाल्छ। हाम्रोमा एउटा प्याकेज हुन्छ। त्यसमा मेरो ध्यान पर्दछ। त्यसमा नै लेजर विकिरण विधिबाट गर्ने थेरापी पर्दछ। त्यही फिजियो थेरापी पनि पर्दछ। फिजियो थेरापीमा पनि अन्तको भन्दा अलिक फरक दुखेको अङ्गलाई नचलाई वरपर सुकेको अङ्गलाई उपचार गरिन्छ। लेजर थेरापी एक दिनको जम्मा ७ सय रुपैयाँ मात्र हो। त्यसमा पनि परिस्थिति हेरेर छुट गरिन्छ।

यो उपचार विधि कति समयसम्म गर्नु पर्दछ वा रोग हेरेर हुन्छ कि के छ ?
रोग कति पुरानो हो। कति ओटा अङ्गमा छ र एक पटकमा कति डोज दिन मिल्छ भनेर उसको पहिलो चरणको रिर्पोट २ देखि ७ दिन भित्रमा आइसक्नु पर्दछ। त्यसरी आएकोलाई १० दिन गरेर पनि पुग्छ भने कसैको एकदम पुरानो रोग छ धेरै उपचार गरेर पनि निको भएको छैन भने पहिलो चरणको २० दिनसम्म गछौँ। र, त्यसले उसको शरीरमा एउटा शक्ति प्रदान गर्छ। सबै सेल्सहरूलाई सक्रिय बनाउँदै लैजान्छ। त्यो क्रम एक महिनासम्म लम्बिन्छ। त्यसपछि अर्को डोज आवश्यकता पर्नेलाई एक महिनापछि बोलाइन्छ। रोग हेरेर निको नहुन्जेलसम्म तीन कोर्स, पाँच कोर्ससम्म हुन्छ।

लेजर थेरापी गरेपछि पछि गएर केही असर गर्छ कि गर्दैन ?
लेजर थेरापीको फाइदा भनेको जुनसुकै उमेर समूहकालाई गर्न सकिन्छ। आँखा भन्दा अरू जुन भागमा पनि राख्न सकिन्छ। तातो चिसो नआउने सेल्सलाई ड्यामेज नगर्ने, सेल्सलाई रिन्यु मात्र गर्ने डोज हो। त्यसैले कुनै पनि साइड इफेक्ट आउँदैन।

सेल्सलाई थेरापीका अरू विशेष फाइदा के के छन् त ?
सेल्सलाई थेरापीमा टाउकोको कपालदेखि लिएर खुट्टाको नङसम्मको उपचार हुन्छ। नाक कान घाँटीको मा गर्न मिल्यो, नाकमा मासु पलाएको तर जति उपचार गरे पनि फेरि पलाएर सास फेर्न गाह्रो भएको, फोक्सोमा दम भएको छ। अक्सिजन लिएको बिरामीलाई अक्सिजन नै लिन नपर्ने गरी उपचार गरिन्छ। हात खुट्टा झमझम हुने छाला सुक्ने, पाठेघरको मुखको घाउलाई हुन्छ। डिम्बाशय राम्रोसँग विकास नभएकोहरू हुन्छ। पायल्स, पेट भित्रको अल्सर हुनुपर्छ। समस्या सम्पूर्ण अङ्गहरूमा यो राम्रो छ।

शरीरमा जुन कुनै रोग लाग्यो भने त्यसको समयमा नै सुरुमा नै उपचार गर्यौ भने त्यो पुरै निको हुन्छ। क्यान्सरमा पनि पहिलो चरणमा नै रोग पत्ता लाग्यो भने निको हुन्छ। अरू रोगहरूमा पनि त्यस्तै हुन्छ। कोही मान्छेहरू ५–६ वर्ष देखि ढाँड दुखेको थियो। तर अहिले आएर धेरै दुख्यो भन्नु हुन्छ। त्यसपछि अस्पताल जाँदा रोग छिप्पी सकेको हुन्छ। र, पनि उसको त्यो रोग विकिरणले पूर्ण निको होस् भन्नका लागि लेजर थेरापी गर्नुपर्छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : ०३ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले