बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल   « Khabarhub

बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल  


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसमममा फल्ने लिची स्वादिष्ट र सबैको प्रिय फल मानिन्छ । अहिले बजारमा यसको उपलब्धता र माग पनि बढेको छ । तर साना बालबालिकाका लागि लिचीको जथाभाबी सेवन भने निकै जोखिमपूर्ण हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

झापाको बिर्तामोडस्थित पीटी बिर्तासिटी हस्पिटलकी कन्सल्टेन्ट पेडियाट्रिसियन तथा पेडियाट्रिक इन्डोक्रिनोलोजिस्ट डा.ज्योति अग्रवालका अनुसार खाली पेटमा लिची खाँदा बालबालिकामा रिफ्रेक्टरी हाइपोग्लाइसेमियाको साथ तीव्र एन्सेफ्यालोप्याथी हुन सक्छ, जसलाई आम भाषामा लिची विषाक्तता (लिची टक्सिसिटी ) भनिन्छ ।

लिची किन जोखिमपूर्ण हुन्छ 

लिचीमा प्राकृतिक रूपमै हाइपोग्लिसियन नामक विषाक्त तत्त्व पाइन्छ । यसले हाम्रो  स्वास्थ्यमा विभिन्न खालका नकारात्मक अशरहरु गर्ने डा. अग्रवालको भनाई छ उनका अनुसार यो तत्त्व खाली पेटमा जाँदा रगतमा भएको चिनी ग्लुकोजको मात्रालाई ह्वात्तै घटाइदिन्छ ।

साना बालबालिकाहरूको कलेजो र प्रतिरोधात्मक क्षमता परिपक्व भई नसक्ने भएकाले यसको असर निकै छिटो र गम्भीर रूपमा देखिन्छ ।

कुपोषण भएका बालबालिका, लामो समय खाली पेट रहनु र अत्यधिक मात्रामा लिची सेवन गर्नाले यो रोगको जोखिम झन् बढेर जाने जोखिम हुने उनले बताइन् ।

लक्षणहरू 

खानेकुरा खान मन नगर्ने वा वाकवाकी लाग्ने

चक्कर लाग्ने र अत्यधिक अल्छी लाग्ने

शरीरमा पसिना आउने (घामिततो जस्तो हुने)

आकस्मिक रूपमा शरीर झट्किने वा छारे रोग जस्तो काम्ने 

बेहोस हुने

बालबालिकामा यस्ता लक्षणहरू देखिएमा ढिला नगरी तुरुन्तै नजिकको अस्पताल लैजान डा.अग्रवालको सुझाव छ । 

कस्ता सावधानी अपनाउने 

लिचीबाट हुन सक्ने यो गम्भीर स्वास्थ्य समस्याबाट बचाउन अभिभावकहरूले निम्न सावधानीका उपायहरू अपनाउनु जरुरी छ ।

बालबालिकालाई लिची सधैँ खाना खाइसकेपछि मात्र दिने बानी बसालौँ । 

बिहान उठ्ने बित्तिकै वा लामो समय भोकै रहेको अवस्थामा लिची कहिल्यै खान दिनु हुँदैन ।

साना बालबालिकाहरूलाई एकपटकमा थोरै मात्रामा मात्र लिची खान दिने ।

धेरै मात्रामा एकैपटक लिची सेवन गराउनु हुँदैन ।

बालबालिकाहरूको पोषणयुक्त खाना र नियमित खानपानको तालिका सुनिश्चित गर्नुपर्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  १२ : ५३ बजे

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको