नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ? « Khabarhub

नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ?


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लन्डन – लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् ।

४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए ।

सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् । देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नु नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुनेछ । किनकी चार दशकपछि बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ ।

विवादबीच जुलाई महिनामा मन्त्रिपरिषद्का सदस्यहरुले एकपछि अर्को राजीनामा दिएपछि बोरिस जोनसनले पद त्याग्न बाध्य भएका थिए । जोनसनले पदत्याग गर्ने घोषणा गरेपछि नयाँ नेतृत्व छनोट गर्न सात साता लामो प्रक्रिया चलेको थियो ।

नयाँ नेतृत्वका लागि सुरुमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कन्जर्भेटिभ पार्टीका सांसदहरूले गरेको मतदानबाट प्रतिस्पर्धाको अन्तिम चरणमा ट्रस र सुनक छानिएका थिए । उनीहरूमध्ये एक जनालाई छान्न टोरी पार्टीका १ लाख ६० हजारले मतदान गरेका थिए । अधिकांश सांसदको समर्थन सुनकलाई भए पनि पार्टीका सदस्यले ट्रसलाई बढी रुचाएको विभिन्न मतसर्वेक्षणले देखाएका थिए ।

विभिन्न मन्त्रालयको पद सम्हालेकी ट्रस एक वर्षअघि विदेशमन्त्री बनेका थिइन् । उनले आफ्नो राजनीतिक यात्रा दक्षिणपन्थी कन्जरभेटिभमा लाग्नुअघि मध्यमार्गी लिबरल डेमोक्र्याटको सदस्य बनेकी थिइन् । सन् २०१६ मा उनले बेलायत युरोपियन युनियनमा रहनको लागि अभियान चलाइन् तर बेलायतीले ब्रेजिक्टलाई समर्थन गरेपछि कित्ता परिवर्तन गरिन् ।

सन् २०१० मा संसदमा मात्र निर्वाचित भएकी ट्रस अपेक्षाकृत छोटो अवधिमा आफूलाई एक राजनीतिक शक्तिको रूपमा स्थापित गरिन् । उनले आफ्नो एजेन्डालाई अथक जोस र स्पष्ट उत्साहका साथ अगाडि बढाएकी छिन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : २४ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख