नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ? « Khabarhub

नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ?


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लन्डन – लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् ।

४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए ।

सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् । देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नु नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुनेछ । किनकी चार दशकपछि बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ ।

विवादबीच जुलाई महिनामा मन्त्रिपरिषद्का सदस्यहरुले एकपछि अर्को राजीनामा दिएपछि बोरिस जोनसनले पद त्याग्न बाध्य भएका थिए । जोनसनले पदत्याग गर्ने घोषणा गरेपछि नयाँ नेतृत्व छनोट गर्न सात साता लामो प्रक्रिया चलेको थियो ।

नयाँ नेतृत्वका लागि सुरुमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कन्जर्भेटिभ पार्टीका सांसदहरूले गरेको मतदानबाट प्रतिस्पर्धाको अन्तिम चरणमा ट्रस र सुनक छानिएका थिए । उनीहरूमध्ये एक जनालाई छान्न टोरी पार्टीका १ लाख ६० हजारले मतदान गरेका थिए । अधिकांश सांसदको समर्थन सुनकलाई भए पनि पार्टीका सदस्यले ट्रसलाई बढी रुचाएको विभिन्न मतसर्वेक्षणले देखाएका थिए ।

विभिन्न मन्त्रालयको पद सम्हालेकी ट्रस एक वर्षअघि विदेशमन्त्री बनेका थिइन् । उनले आफ्नो राजनीतिक यात्रा दक्षिणपन्थी कन्जरभेटिभमा लाग्नुअघि मध्यमार्गी लिबरल डेमोक्र्याटको सदस्य बनेकी थिइन् । सन् २०१६ मा उनले बेलायत युरोपियन युनियनमा रहनको लागि अभियान चलाइन् तर बेलायतीले ब्रेजिक्टलाई समर्थन गरेपछि कित्ता परिवर्तन गरिन् ।

सन् २०१० मा संसदमा मात्र निर्वाचित भएकी ट्रस अपेक्षाकृत छोटो अवधिमा आफूलाई एक राजनीतिक शक्तिको रूपमा स्थापित गरिन् । उनले आफ्नो एजेन्डालाई अथक जोस र स्पष्ट उत्साहका साथ अगाडि बढाएकी छिन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : २४ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ