विश्व इतिहासमा आज : तास्मानियन बाघ विलुप्तदेखि ‘इभान’नामक तुफानसम्म  « Khabarhub

विश्व इतिहासमा आज : तास्मानियन बाघ विलुप्तदेखि ‘इभान’नामक तुफानसम्म 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज २०७९ साल भदौ २२ गते बुधबार । सन् २०२२ को सेप्टेम्बर ७ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००४ सेप्टेम्बर ७ मा क्यारिबियन सागरमा अवस्थित ग्रेनाडा टापुमा आएको ‘इभान’ नामक तुफानले त्यहाँका ९० प्रतिशत भौतिक संरचनामा क्षति पुर्‍याउँदै ३९ जनाको ज्यान लिएको थियो ।

सन् १९७९ सेप्टेम्बर ७ मा संयुक्त राज्य अमेरिकामा मनोरञ्जन तथा खेलकुद प्रोग्रामिङ नेटवर्क इएसपीएनको सुरुवात भएको थियो ।

सन् १९७८ सेप्टेम्बर ७ मा बुल्गेरियाका प्रसिद्ध लेखक जोर्जी मार्कोभको हत्या भएको थियो । पिकाडिली नामक हत्याराले छाताको प्रयोग गर्दै राइसिन रसायन मार्कोभको खुट्टामा घोचेका थिए ।

सन् १९७८ सेप्टेम्बर ५ मा इङ्लिश ड्रमर, निर्माता र गीतकार किथ मुनको निधन भएको थियो ।  चिकित्सकले दिएको हेमिनेभिरिन औषधीको ओभरडोजका कारण उनको ३२ वर्षको उमेरमा निधन भएको थियो ।

सन् १९७७ सेप्टेम्बर ७ मा संयुक्त राज्य अमेरिका र पनामाका राष्ट्रप्रमुखले एक सन्धिमा हस्ताक्षर गर्दै पनामा नहरको सार्वभौम अधिकार पनामालाई फिर्ता गरेका थिए ।

सन् १९४० सेप्टेम्बर ७ मा तत्कालीन नाजी जर्मनीले संयुक्त अधिराज्य बेलायतमा रणनीतिक बम आक्रमण सुरु गरेका थिए । यसपश्चात् ५७ दिनसम्म लन्डनमा हवाई आक्रमणअन्तर्गत बम खसाइएको थियो । यसले २० हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

सन् १९३६ सेप्टेम्बर ७ मा दुर्लभ तास्मानियन बाघ विलुप्त भएको थियो । अष्ट्रेलियाको तास्मानिया टापुस्थित होबार्ट चिडियाखानामा रहेको विश्वको अन्तिम तास्मानियन बाघको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : ४३ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि