विश्वभर कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखको मृत्यु « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १० लाख ७३ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ब्राजिलमा ६ लाख ८४ हजार ६४६, भारतमा ५ लाख २८ हजार ३०, रुसमा ३ लाख ८४ हजार ८८२, मेक्सिकोमा ३ लाख २९ हजार ६३० र पेरुमा २ लाख १५ हजार ९२८ पुगेको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : २० बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्