घाम चर्किने भूमध्य सागरीय क्षेत्रमा बिहान उठ्ने बित्तिकै हिँड्ने चलन शताब्दी पुरानो हो। बिहान उठेर छिमेकी वा अन्य गाउँमा जाने प्रचलन त्यहाँ पहिले देखि नै थियो। डाइटसहित त्यसरी हिँड्ने भोजनको एउटा प्याकेजलाई मेडिरिनीयन डाइटको संज्ञा दिइएको छ।
यो प्याकजेले मधुमेह, उच्च कोलेस्ट्रोल, मुटु रोग र केही क्यान्सरको जोखिमलाई कम गराउँछ। यसले हाडलाई बलियो पार्छ भने मस्तिष्कलाई तन्दुरुस्त बनाउँछ। पागलपनको जोखिम कम गराउँछ भने तौललाई पनि नियन्त्रण गर्छ।
यसमा अर्को एउटा कुरा पनि थपिएको छ। जसले गर्दा मानिसको स्वास्थ्यलाई धेरै नै लाभ पुग्न सक्छ। सन् २०२२ मै एक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार यो डाइट लिएर बिहान दुईदेखि पाँच मिनेट हिँडेमा यो स्वास्थ्यका लागि धेरै नै लाभ दायक हुनसक्छ।
खाना खाएपछि केही समय उभिनु पनि स्वास्थ्यका लागि लाभदायक हुनसक्छ। तर, एउटा अगाडि र अर्को पछाडि गरेर भने उभिनु हुँदैन। आयरल्यान्डको युनिभर्सिटी अफ लिमीरिकमा फिजिकल एजुकेसन तथा स्पोर्ट्स साइन्समा विद्यावारिधि गरिरहेका आइडेन बफेले यो तथ्य पत्ता लगाएका हुन्।
बस्नु भन्दा उभिँदा ग्लुकोजको मात्रा ९.५१ प्रतिशतले कमी आउँछ। बस्दा भन्दा दिनभर हिँड्दा ग्लुकोजको मात्रा १७.०१ प्रतिशतले कमी आउँछ। यस अध्ययनले दिनभर बस्नु भन्दा अलि हिँड्ने गरेमा यो स्वास्थ्यका लागि लाभदायक हुने कुरा प्रमाणित गरेको छ।
फेब्रुअरीमा एउटा रिपोर्ट प्रकाशित भएको थियो। त्यस रिपोर्टमा उभिँदा, बस्दा र हिँड्दा इन्सुलिनको मात्रा र सुगरको मात्रामा पार्ने विस्तृत असरका बारे कुरा गरिएको थियो। त्यस अध्ययनका लागि धेरै व्यक्तिलाई दैनिक दुईदेखि पाँच मिनेट तथा २० देखि ३० मिनेट हिँड्ने समयका बारे प्रश्न सोधिएको थियो। यो अध्ययन अनुसार दुई मिनेट हिँड्न तथा २८ मिनेट उभिँदा शरीरमा धेरै कुरा नियन्त्रण भएको पाइएको थियो।
त्यस अध्ययन अनुसार कुर्सीमा बस्दा भन्दा हिँड्दा सुगर नियन्त्रण भए पनि इन्सुलिनको मात्रा भने स्थिर पाइएको थियो। खाना खाइसके पछिको ६० देखि ९० को मिनेटको अन्तरालमा सुगरको मात्रा अत्यधिक बढ्न सक्छ। यस कारण त्यस समयमा हल्का हिँडडुल गर्नु उपयुक्त भएको पनि त्यस अध्ययनमा जनाइएको छ।
हामीले हिँड्दा मांसपेशीले रगतबाट ग्लुकोज मात्रा प्रयोग गर्छ। त्यो प्रयोगले रगतबाट सुगर हट्दै जाने छ। सुगरको मात्राको कमी भएकाले धेरै खेलाडीमा समस्या पनि नदेखिएको होइन।
तसर्थ संसारका धेरै देशका खेलाडीको सुगरको मात्रा हेरेर अभ्यासको दायरा तोकिएको छ। अमेरिकामा खेलाडीका लागि प्रत्येक दिन १ सय ५० मिनेट शारीरिक अभ्यास तथा साताको दुई दिन स्टेन्थ ट्रेनिङका लागि तय गरिएको छ।
अमेरिकाको रोग नियन्त्रण विभागले सार्वजनिक गरेको डाटा अनुसार साताको १५० मिनेट अभ्यास गर्दा मृत्युको जोखिमलाई ३३ प्रतिशतले कम गर्छ। प्रत्येक दिन २१.४३ मिनेट अभ्यास गर्ने हो भने अकालमा मर्नेको सङ्ख्या एक तिहाइले कम हुने देखिएको छ।
त्यसो त यस अघिका विभिन्न अध्ययनले आकस्मिक रूपमा सुगर बढेमा कसरी यस समस्याको समाधान गर्ने भन्ने बारेमा पनि अध्ययन गरेका छन्। यसको मुख्य उद्देश्य इन्सुलिनलाई सक्रिय बनाउने नै हो। धेरै उच्च रक्तचाप भएको खण्डमा डाइबेटिज केटासियोडिस (डीकेए)को समस्या आउँछ।
यस अवस्थामा श्वास प्रश्वासमा समस्या आउने, श्वास प्रश्वासमा फलफूलको जस्तो गन्ध आउने, वान्त हुने र मुख सुख्खा हुने समस्या आउन सक्छ। यसो भएमा तत्काल चिकित्सकलाई कल गरेर इन्सुलीनको डोज प्रयोग गर्ने या नजिकै अस्पताल भएमा इमर्जेन्सीमा गइहाल्न आवश्यक हुन्छ।
उच्च रक्तचापको समस्याको समाधान गर्ने सबैभन्दा राम्रो समस्या भनेको चिकित्सकले भने मुताबिक नै इन्सुलिनको प्रयोग हो। इन्सुलिनले कुन गतिमा काम गरिरहेको छ भन्ने थाहा पाउनका लागि चिकित्सकसँग निरन्तर सम्पर्क गर्न र परीक्षण गरी रहन आवश्यक हुन्छ।
इन्सुलिनलाई अन्तिम र सबैभन्दा उपयुक्त उपाय मानिएको छैन। अभ्यास गरेपछि २४ घण्टा या त्यो भन्दा बढी समय सुगरलाई नियन्त्रणमा राख्छ। तीव्र गतिमा हिँडेमा सुगरको मात्रा धेरै कम हुन्छ। मुटुको धड्कन बढ्ने खालको अभ्यास सुगरका लागि उपयोगी हुनसक्छ। पिसाबमा केटोनस छ भने अभ्यास गर्नु हुँदैन। केटोनसले सुगरलाई अझ बढाउन पनि सक्ने छ।
टाइप वान मधुमेह छ भने चिकित्सकले अभ्यास अगाडि परीक्षण गराउने सम्भावना पनि हुन्छ। डीकेए पनि टाइप टु सुगर भएकामा विरलै हुन्छ। यो समस्या टाइप वान सुगर भएकामा नै हुन्छ।
यस्तोमा केटोनेस बढी हुने, मानसिक एकाग्रता नहुने, अत्यधिक तिर्खा लाग्ने, लगातार पिसाब लाग्ने, बान्ता हुने र पेट दुख्ने लगायत समस्याको सुरुवात हुन्छ। यी सबै समस्यामा तत्काल चिकित्सक कहाँ जानु सबैभन्दा उपयुक्त विकल्प हो।
टाइप वान र टाइप टु डाइबेटिजको नतिजाका बारे भएका थुप्रै अध्ययनमध्ये सन् २०१२ मा प्राध्यापक डानीयल फाउट्स म्यानले गरेको अध्ययन सार्थक र महत्त्वपूर्ण हुन सक्छ। फाउट्सम्यानले गरेको लामो समयको अध्ययनकै आधारमा इन्सुलिनका लागि दुई डोजको भ्याक्सिनको अवधारणा तयार भएको हो। सन् २०१८ मा बीसीजी भ्याक्सिनकै बारेमा एउटा अध्ययन गरिएको थियो। त्यस अध्ययनमा २ सय ३२ जान भोलेन्टियरलाई राखिएको थियो।
प्राध्यापक डा. एन्जेला डाम्बार्टीले गरेको अर्को अध्ययन त अझ चासो दिनु पर्ने छ। उनले गरेको अध्ययनको निष्कर्ष अनुसार अमेरिकाका मात्र टाइप वान मधुमेह प्रत्येक वर्ष चार प्रतिशतको दरले वृद्धि भइरहेको छ। टाइप वान मधुमेहका लागि इन्सुलिन दिने भन्दाबाहेक अन्य भरपर्दो उपचार पद्धतिको विकास अझै भइ सकेको छैन।
प्राध्यापक मिहेला स्टेफन लिफ्सीटीजले गरेको अध्ययनको रिपोर्ट अझ रोचक छ। टाइप वान मधुमेह औद्योगिक रूपले विकसित देशमा अझ बढी छ।
टाइप वान मधुमेहले अहिले संसारलाई धेरै नै चिन्तित तुल्याएको छ। यो चिन्ता गरिब देशमा भन्दा विकसित र समृद्ध देशमा बढी छ। टाइप टु मधुमेहलाई नियन्त्रण गर्न तथा हृदयाघात हुनबाट रोक्नका लागि हिँडाइ अति महत्त्वपूर्ण भएको अर्को एक रिपोर्टले देखिएको छ।
यसका साथै शरीरको मेटाबोलीकका लागि साथै तन्दुरुस्त हुनका लागि एरोबीक अभ्यास त झनै महत्त्वपूर्ण ठानिएको छ। एफडीएले युवा अवस्थामा नै साताको १ सय ५० मिनेट अभ्यास गर्न जरुरी भएको ठहर गरेको थियो। यो अभ्यास नै मधुमेह नियन्त्रण गर्ने सबै भन्दा भरपर्दो उपाय भएको सो रिपोर्टमा जनाइएको छ।
तन्दुरुस्त मान्छेका लागि ७५ मिनेटको अभ्यासले पनि मधुमेहबाट बचाउन सक्छ। युवाहरूका लागि दिन बिराएर दुई या तीन सत्र पनि उपयुक्त हुने ठहर सो रिपोर्टमा जनाइएको छ।
हिँडाइका साथै योगा र ताइचीलाई अभ्यासको तालिकामा समावेश गरे यो अझ धेरै प्रभावित हुन सक्छ। अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार मधुमेहबाट सचेत भएर अभ्यास गर्ने क्रममा ४१.१ प्रतिशतले एरोबीक्स तथा १२.४ प्रतिशतले सामान्य अभ्यास गर्ने गरेका छन्।
संसारमा अहिले मधुमेह गम्भीर समस्या बनेको छ। बेलायतमा धेरै वर्ष अगाडि नै खाद्य उप्तदानले यस बारेमा चासो नलिएका कारण यो समस्या आएको चर्चा चली सकेको छ।
यो जत्तिसुकै गम्भीर समस्या होस, यसको सबैभन्दा सही उपाय भनेकै दैनिक हिँडाइ नै भएको धेरै रिपोर्टले प्रमाणित गरिसकेका छन्। साताको १ सय ५० मिनेट हिँडाइ हाम्रो स्वास्थ्यका लागि आवश्यक छ।
स्रोत : हेल्थ युके, सीएनएन, हेल्थ लाइन, साइन्सडाइरेक्ट
प्रतिक्रिया