चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय प्रेम तामाङ र पछाडि सवार स्थानीय ४६ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा चालक प्रेमको उपचारकै क्रममा गए राति साढे ११ बजे मृत्यु भएको हो ।

गए राति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साइडमा रहेको पोलमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ४५ बजे

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,