‘सन्दीप लामिछानेले नाबालिगलाई बलात्कार गरेको जाहेरी’ « Khabarhub

‘सन्दीप लामिछानेले नाबालिगलाई बलात्कार गरेको जाहेरी’


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ। परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो।

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौँ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडौँ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ : ५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ०० : २५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।’

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : २१ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.