आजको फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आजको फलफूल र तरकारीको मूल्य कति?


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य तोकेको छ।

जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ र भारतीय रातो आलु ३७ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, मुडेको आलु ५४ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काँक्रो ७६ रुपैयाँ ६७ पैसा, कागती २२५ रुपैयाँ र कुरिलो ४५० रुपैयाँ रहेको छ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ९० रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक र सेलरी २७५ रुपैयाँ, हरियो खुर्सानी ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ४५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, सानो लोकल गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी लोकल ५५ रुपैयाँ, घिरौला र मूला ३५ रुपैयाँ, चिचिण्डो १८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ रहेको छ ।

पिँडालुको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो १४६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भुईँ कटहर २१० रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ४० बजे

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन

लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा

काठमाडौं– लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन 

काठमाडौँ– सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न

पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा

इस्लामावाद- पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा थुप्रै उजुरी

महेन्द्रनगर धनुषा– मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी