आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै मैस्याङटार « Khabarhub

आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै मैस्याङटार


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जङ्गलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थलको रूपमा विकास हुँदै गएको हो ।

मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीय स्थल मैस्याङटारमा स्थानीय पिकनिक जाने गरेका थिए । तर पछिल्लो समय घुमफिर र भ्रमण गर्ने स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए ।

मैस्याङटारको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुवस्मृति पार्क, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायतका संरचना बनिसकेको छ । यस्तै, सुम्निमा-पारुहाङ पार्क निर्माणको काम भइरहेको छ । डाँडाका ठाउँ ठाउँमा बसेर रमिता हेर्न र आराम गर्न फलामका फलैँचा बनाइएको छ ।

मैस्याङटारको डाँडामा शिव-पार्वती, गणेश मूर्ति, गुराँस पार्क निर्माण गर्ने योजना बनाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । यस्तै, मैस्याङटारको हरिया चौर र पाखोमा चिया बगान बनाउने, चौरी पालन गर्नेदेखि होमस्टेको योजना अघि सारिएको छ ।

घुमफिरसँगै वरपरका दृश्यावलोकनका लागि स्थानीय मैस्याङटार पुग्ने गरेका छन् । उत्तरका हिमाल सगरमाथादेखि दक्षिणमा तराईका फाँट दृश्यावलोकन गर्न सकिने मैस्याङटारमा मलायो पोखरी, रमणीय चौर, हरिया थुम घुमफिर गर्न सकिन्छ । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परेपनि दिप्रुङ चुइचुम्माबासीको रोजाइमा मैस्याङटार पर्ने गरेको छ । सफा मौसम भएका बेला तराईका भीमनगरसमेत देखिने वडाध्यक्ष राईले बताए ।

मैस्याङटार पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तीस र सल्लाको जङ्गल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । कुनै चाड वा अवसरका बेला मैस्याङटार पुग्ने स्थानीयले सडकमा पार्किङ गरेको सवारीसाधनले सहरको झल्को दिने गरेको स्थानीय गणेशकुमार कार्कीले बताए ।

परापूर्व कालमा ‘महिलाले हलो जोत्नु हुँदैन’ भन्ने समयमा मैस्याङ नाम गरेकी तामाङ महिलाले खुकुरी भिरेर हलो जोतेर खेती गरेकाले सो डाँडाको नाम नै मैस्याङटार रहन पुगेको इतिहास छ । मैस्याङ दिहुँबाट आएर सो स्थानमा बसेर खेतीपाती गरेर बसेको कार्कीले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  २ : २६ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी