सेयर बजार आज पनि ओरालो | Khabarhub Khabarhub

सेयर बजार आज पनि ओरालो


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार बुधवार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको सेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : ०३ बजे

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार