रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव « Khabarhub

रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७ औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्।

उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई रक्तदान गरेका केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।”

केन्द्रका निर्देशक पौडेलले भने, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : ३५ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज