युगाण्डामा पहिरोले पुरिएर १५ जनाको मृत्यु « Khabarhub

युगाण्डामा पहिरोले पुरिएर १५ जनाको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक युगाण्डामा पहिरोका कारण १५ जनाको ज्यान गएको छ । मुलुकको पश्चिममा रहेको कसेसेस्थित कासिका गाउँमा पहिरोले पुरिएको अवस्थामा १५ जनाको शव निकालिएको युगाण्डाको रेडक्रसले जनाएको छ ।

रेडक्रसका अनुसार पहिरोमा पुरिएका ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसेको सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ ।

मङ्गलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशङ्का गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।

विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसले गर्दा उत्पन्न वर्षाजन्य विपद्का घटनाका कारण मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ ।

शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ३६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला