कोरोनाका बावजुद नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : स्वास्थ्य राज्यमन्त्री केसी « Khabarhub

कोरोनाका बावजुद नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : स्वास्थ्य राज्यमन्त्री केसी


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले कोरोना महामारीका बीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल बताएका छन् ।

भुटानमा विश्वस्वास्थ्य सङ्गठन क्षेत्रीय समितिको दक्षिणपूर्व एशियाको ७५ औँ अधिवेशनमा उनले सम्बोधन क्रममा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थालाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मेहनत गर्नुपर्ने बताए ।

उनले नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै स्वास्थ्य क्षेत्रको मानवस्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगका लागि बहुक्षेत्रीय कार्ययोजनालगायत नीतिगत सुधारका कदमसमेत चालेका उल्लेख गरे ।

उनले सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएको समेत बताए ।

आकस्मिक अवस्थामा समेत अत्यावश्यक स्वास्थ्य सेवालाई सञ्चालन राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जाल अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ४० बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो