भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ : भारतीय सेनाध्यक्ष पाण्डे « Khabarhub

भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ : भारतीय सेनाध्यक्ष पाण्डे


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भका रूपमा रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

कर्तव्यनिष्ठ र इमान्दारी नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उनले बताए ।

भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको पनि उनले जानकारी दिए । नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहजरूपमा आवतजावत गर्दै आएको उनको भनाइ छ ।

उक्त अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारजनलाई नगद, चेक तथा सामग्री हस्तान्तरण गरे ।

साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीन वटा मोबाइल मेडिकल युनिटको चाबी समेत हस्तान्तरण गरे । कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : १२ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको