युक्रेनको शिक्षा क्षेत्रमा पनि रुसको ज्यादती | Khabarhub Khabarhub

युक्रेनको शिक्षा क्षेत्रमा पनि रुसको ज्यादती


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनले पछिल्ला दुई साता यता ६ महिना देखि रुसको निगरानीमा रहेका ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता गरेको दाबी गरेको छ । त्यस ६ महिनामा रुसी सेनाको अधीनमा जीवन बिताएका युक्रेनीहरुले आफूहरूले पाएको यातनाका बारे खुलम खुला बोल्न थालेका छन् ।

त्यस ६ महिनामा युक्रेनी संस्कृति र सभ्यतामाथि मात्र आक्रमण भएन । अमानवीय ज्यादतीका थुप्रै घटना भएका थिए । रुसी दमनको कुनै सीमा नै थिएन । न त मानवीय संवेदना नै रुसी सेनाले बाँकी राखेको थियो ।

रुसी सेनाको ज्यादती अस्पताल, प्रसूति गृह र वृद्धाश्रमसम्म फैलिएका प्रसङ्ग त बारम्बार समाचारमा प्रकाशित भएका थिए ।

त्यो आतङ्क त्यत्तिमा पक्कै सीमित थिएन । शिक्षा क्षेत्रमा भएको कहाली लाग्दो हस्तक्षेपले रुसी अधीनस्थ युक्रेनी भूभागलाई आक्रान्त पारेको थियो । रुसले कब्जा गरेको क्षेत्रका शिक्षण संस्थामा रुसी पाठ्यक्रम नै लागु गर्न ठुलो दबाब दिइएको थियो । त्यसै समयमा रुसी सेना आफै विद्यालयमा उपस्थित भएर त्यस क्रमलाई निरन्तरता दिएका थिए ।

युक्रेनको खार्किभ क्षेत्र आक्रमणको सुरुवाती समयमा नै रुसले पकड जमाएको थियो । त्यस क्षेत्रमा भएको ज्यादतीका समाचार बारम्बार बाहिर आएका छन् । खार्किभको बालाल्किया र भोल्सकान पनि अहिले युक्रेनले फिर्ता लिएका क्षेत्र हुन् । त्यहाँको शैक्षिक क्षेत्रमा भएको ज्यादती अहिले प्रकाशमा आउन थालेका छन् ।

सुरुमा युक्रेनको पाठ्यक्रम, राष्ट्रिय झन्डा र वाल बालबालिकाले गरेको सृजनात्मक काम पनि नास गरिएको थियो । भित्तामा चर्चित युक्रेनी लेखक तथा सांस्कृतिक झझल्को देखिने प्रस्तुतिहरू थिए । ती सबै रुसी सेनाले नास गरेका थिए । युक्रेनी भएकोमा सबैभन्दा गर्व गर्ने प्राध्यापिका लिलिया सिरियसकालागि त यो घटनाक्रम स्विकार्न अझ कठिन थियो । उनको हातमा २ हजार २ सय पुस्तकको सुची थमाउँदै त्यसलाई नास गर्न पनि भनिएको थियो ।

उनले त्यो पुस्तक लुकाएर त्यसको स्थानमा नयाँ पाठ्यक्रम राखेकी थिइन् । त्यहाँ उनले रुसी इतिहास, साहित्य र भाषाका किताब राखेकी थिइन् । ६ महिनासम्म लिलियाको व्यक्तिगत पुस्तकालयमा कसैको आँखा परेको थिएन ।

युक्रेनी सफलता पछि उनले हजारौँ पुस्तक रहेको त्यो पुस्तकालय खोलेकी छिन् । त्यहाँ धेरै पुस्तक रिबनले बाँधिएका छन् । तीनले रुँदै विगतको संस्मरण गरिने, मेरो सबैभन्दा मिल्ने साथीले समेत यो स्थान सधैँका लागि रुसको भइसकेको तथा यसका लागि दुख गर्न आवश्यक नरहेको कुरा भनेकी थिइन् ।

लिलियाले भने कहिल्यै हिम्मत हारिनन् ,स्कुल कार्यकालको सुरुवाती समयमा हामीलाई विद्यार्थीहरूलाई युक्रेन रुसको अधीनस्थ रहेको र त्यसको नाम मालारसिया भनेर सिकाउन लगाइएको थियो । बालाल्किया भाइफ स्कुलकी सहायक निर्देशक इला कन्ड्रयकाले भनिन् ।

इनाले पनि रुसी आदेशलाई अस्वीकार गरेकी थिइन् । यसै कारण उनको जागिर गएको थियो । रातको समयमा बेसमेन्टमा बसेर मैनबत्तीको उज्यालोमा इनाले आफ्नो कामलाई निरन्तरता दिएकी थिइन् । उनको काम युक्रेनी पाठ्यक्रमको जगेर्ना र रक्षा थियो । उनले अनलाइन क्लासको पाठ्यक्रम तयार पार्दै त्यसलाई इन्टरनेट चलेको समयमा युक्रेनका विभिन्न सहर र युरोपमा पठाएकी थिइन् ।

इला र उनका सहयोगीहरूको नेटवर्किङले रुसले कब्जा गरेको युक्रेन भरीबाट १ सय जना विद्यार्थी तयार गरेर त्यो पठाइएको थियो ।
बालाल्किया भन्दा १ सय किलोमिटर पर इभानिभ्का गाउँकी प्राध्यापिका लिडिया टिना शिक्षण पेसामा लागेको २० वर्ष भइसकेको छ । रुसले भने जस्तो विद्यालयको सेट अप तयार गन नमानेको कारण उनलाई १९ दिन थुनिएको थियो ।

‘म खार्किभ छाडेर हिँड्न खोजी रहेको समयमै गिरफ्तार भएकी हुँ । मलाई कारबाट थुतेर तीन जना मास्क लगाएका व्यक्तिले काँधमा बन्दुक लगाएर हिँडाएका थिए । तिनीहरूले मेरै अगाडी मेरो शिक्षक लाइसेन्स जलाएर खरानी पारे ,’ ६० बर्सिया लिडियाले भनिन् ।

तीनको टाउकोमा गह्रुँगो झोला राख्दै लगिएको थियो । त्यही स्थानबाट उनलाई पाँच दिनसम्म सैनिक यातना गृहमा लगेर राखिएको हो । उनी कहाँ छिन् भन्ने आफन्त कसैलाई पनि थाहा थिएन ।

रुसी सेनाको दबाब शिक्षक मात्र होइन अभिभावकमा पनि थियो । छोरा छोरीलाई फेरी विद्यालय नपठाए उनीहरूलाई अनाथ बनाइदिने भन्दै धम्की दिइएको बालल्किया क्षेत्रको शिक्षा क्षेत्रको प्रमुख बताउँछिन् । त्यस अन्तरगत १९ वटा विद्यालय छन् ।

भोल्सकान क्षेत्रमा त कक्षा कोठामा नै रुसी सेना तैनाथ हुने गरेका थिए । यी सबै कुरालाई रुसी पक्षले अस्वीकार गर्ने गरेको छ ।
बाल्कियामा स्कुल फेरी खुल्दै छन् । तिनीहरूको सहर स्वतन्त्र भएको दुई साता भएको छ । युवाहरू बाहिर आएका छन् । साथीहरू भेट्ने र यदाकदा मन बहलाउने काम गर्न थालेका छन् ।

१४ बर्सिया डारिया बास्केटबल कोर्टमा रमाइरहेकी छिन् । उनले आफ्नी आमालाई रुसले त्यस क्षेत्र कब्जा गरेको समयमा आफूलाई स्कुल नपठाउन आग्रह गरेकी थिइन् । ‘रुसी आक्रमण यता महिनौँसम्म बेसमेन्टमा बिताएको थिए,’ यसै बिचमा स्वतन्त्रताले उत्साहित १३ बर्सिया मिलेनाले भनिन् ‘ हाम्रो उद्देश्य यस समयमा बाच्ने मात्र हो । यो भन्दा बाहेक मैले अन्य केही सोचेकै छैन ।’

पछिल्लो दुई साताको घटनाक्रम पछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । रुसी सत्ताका फरक धारणा आउन थालेका छन् । आणविक हतियार प्रयोगका धम्की देखि यसका सम्भावनाका बारे बहस सुरु भएका छन् । यसै बहसका बिच पछिल्ला परिणामले युक्रेनी राष्ट्रपति भालाडोमिडर जेलेन्सकीलाई उत्साहित तुल्याएको छ ।

इजुयम पनि फिर्ता भए पछि जेलेन्सकीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण भूमि युक्रेनले फिर्ता गर्ने विश्वास व्यक्त गरेका थिए । त्यत्ति मात्र होइन उनले त्रिमिया पनि फिर्ता लिने उनले विश्वास व्यक्त गरेका छन् ।

‘हामी हाम्रा ती आफन्तलाई यो सन्देश पठाउन चाहन्छौ की जो अझै अरूको अधीनमा बसेका छन् । मेरो सन्देश क्रिमियाबासीलाई पनि हो, जो हाम्रा मान्छे हुनुका बाबजुद आठ वर्ष देखि अरूको अधीनमा बसेका छन् । त्यो पक्कै फिर्ता हुने छ । तर, यकिन मिति भने भन्न सकिन्न । तर, हामीसँग यसको योजना छ । किनकि त्यो हाम्रो भूमि हो,’ राष्ट्रपति जेलेन्सकीले भने ।

उनले त्रिमिया अहिले रुसी प्रोपोगान्डाको सिकार भएको बताउँदै युक्रेनले फिर्ता लिए पछि सो स्थानमा रुसी टेलिभिजन र यसले मच्चाएको प्रोपोगान्डाको बारे सबैलाई जानकारी गराउने बताए । त्यसो त अहिले स्वतन्त्रता मनाई रहको ती क्षेत्रका बासिन्दाले रुसी आक्रमणको सुरुवाती दिनको पिडा कहिल्यै भुल्न सक्दैनन् । दोस्रो विश्व युद्ध पछिको सबैभन्दा बढी मानवता विरोधी अपराध त्यसै क्षेत्रमा भएका थिए ।

युक्रेनको इतिहास साँच्चै आश्चर्यजनक छ । ७९ वर्ष अगाडी पनि त्यस क्षेत्रले स्वतन्त्रताका लागि लडेको थियो । २३ अगस्ट १९४३ का दिन सो क्षेत्र नाजी क्षेत्रको अधीनमा थियो । यस वर्ष स्वतन्त्रता दिवस मनाइरहेको समयमा खार्किभ लगायत धेरै क्षेत्र अधीनस्थ थिए ।

युद्ध यही दिसामा गएमा सायद अबको केही महिनामा अन्य थुप्रै भूभाग युक्रेनले फिर्ता गर्न पनि सक्ने छ । त्यो फिर्ता भएसँगै यस बिचमा भएको ज्यादतीका थप कथाहरू बाहिर निस्कने छन् ।

[श्रोत : युक्रेनी सरकार, बीबीसी, स्टोरी टेलर]

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ०८ बजे

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा

सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ : मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

सर्लाही – जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा