फाइल फाेटाे

राजनीति

‘एक थान सिटका लागि सिद्धान्तलाई लात हान्न थालियो’ 

By खबरहब

October 07, 2022

काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एक थान सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्याग्न थालिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्न राजनीतिलाई व्यापारमा झा्रिएको उल्लेख गरेका हुन्।

‘चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ।एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो१ यो अवसरवादको अ‍ॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!’ उनले लेखेका छन्।