वर्षाका कारण यसबर्षको दसैं खल्लो « Khabarhub

वर्षाका कारण यसबर्षको दसैं खल्लो


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन।

चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउँछन्।

अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उनको दुखेसो छ। जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउँछन्।

कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो।

वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं संचारकर्मी विकास खनाल बताउँछन्।

दसैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएको उनको भनाइ छ।

अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ।

उनी भन्छन्, ‘अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो।’

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ५३ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी