दसैँ तिहारको अवसरमा मिर्छुलुङमा पर्यटन मेला हुने « Khabarhub

दसैँ तिहारको अवसरमा मिर्छुलुङमा पर्यटन मेला हुने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसैँ पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसैँ तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।

मिर्छुलुङको पर्यटन प्रबद्र्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २२ हजार दुई सय २२, रु १६ हजार छ सय ६६ र रु ११ हजार एक सय ११का साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

पर्यटन मेलामा मिर्छुलुङ होमस्टे, भ्युटावर, मगर लाफा भिलेजका साथै विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रुपमा रहने छन् ।

ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । उक्त मेलाका अवसरमा भ्युटावर सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।

मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङ घरबासको विशेषता हो । प्राकृतिक सौन्दर्य भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ४५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको