अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती | Khabarhub Khabarhub

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली- तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फी  सञ्चालनमा ल्याइएको छ ।

आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका कारण जोखिम यथावत् नै छ ।

म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका तीन ठाउँमा गएको पहिराले सर्वसाधारणलाई यात्रामा समस्या भएको दमौली निवासी डा. शेषरमण न्यौपानेले जानकारी दिए। म्याग्दे –१ स्थित गुणादी, व्यास–४ स्थित मादी पुल र व्यास –१२ स्थित घाँसीकुवामा गएको पहिराका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए।

उनका अनुसार गुणादीमा पहिरा पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ भने घाँसीकुवामा दुईतर्फी नै सडक सञ्चालन भएको छ । मादी पुल नजिक लेदोसहितको खसेको पहिरा पन्छाउने काम भइरहेको छ । निरन्तर वर्षा भइरहेकाले जोखिमको सम्भावना कायमै रहेको छ । पहिरा जान सक्ने सम्भावना भएकाले पहिरा पन्छाउन टोली तयारीमा अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा दसैँको टीका लगाउन जानेहरू मर्कामा परेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : २७ बजे

महाधिवेशन प्रतिनिधिहरूलाई विद्याको अपील : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूलाई

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बागमती –माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक

ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै

काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति