बारा बस दुर्घटना अपडेट : मृत्यु हुने सबैको सनाखत | Khabarhub Khabarhub

बारा बस दुर्घटना अपडेट : मृत्यु हुने सबैको सनाखत


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगंज सडकखण्डमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयाँ मेडिकल चितवनमा र पर्सा वीरगन्ज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबै जनाको सनाखत भइसकेको छ । मृत्यु हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कँडेल, पर्सा वीरगन्ज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कँडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीय प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा वीरगन्ज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसिया रहेका छन ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरूको चितवन, हेटौडा र वीरगन्जका  विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : ०९ बजे

महाधिवेशन प्रतिनिधिहरूलाई विद्याको अपील : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूलाई

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बागमती –माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक

ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै

काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति