महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना | Khabarhub Khabarhub

महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।

यस अघिका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएता पनि आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

मतगणना एकै ठाउँमा मात्र केन्द्रित हुँदा ढिला हुने र नतिजा समेत सुस्त हुने भएकाले मतगणना निक्कै छिटो हुने निर्वाचन आयोगको विश्वास छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सुरक्षा निकायसँग बृहत् छलफल समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यातालिका अनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ । यसैको रस्साकस्सीमा दलहरु लागिपरेका छन् ।

निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ बजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखि ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यातालिकामा प्रस्तुत गरेको छ ।

२५ असोजमा उजुरीका  विरुद्ध छानबिन तथा निर्णय गरी  नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समय सीमा निर्धारण गरिएको छ । २६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछि सोही दिन १ बजेदेखि उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारहरू ४ मंसिरको तयारीमा जुटने छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : १५ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३