भेरी नदीले पार गर्‍यो खतराको विन्दु « Khabarhub

भेरी नदीले पार गर्‍यो खतराको विन्दु


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ ।

अहिले वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन् । बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माण स्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए। नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ३७ बजे

धुम्मियो काठमाडौं, केही स्थानमा पानी पर्‍यो (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन– ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य