पहिरोमा पुरिएर छ जना बेपत्ता | Khabarhub Khabarhub

पहिरोमा पुरिएर छ जना बेपत्ता


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।  जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् । 

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवाश खड्कासहितको टोली घट्नास्थलतर्फ गएको थापा मगरले बताए । ‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ’, उनले भने ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : २९ बजे

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं – जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

बागमती । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

दुबई – कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने