पहिरोमा पुरिएर छ जना बेपत्ता « Khabarhub

पहिरोमा पुरिएर छ जना बेपत्ता


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।  जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् । 

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवाश खड्कासहितको टोली घट्नास्थलतर्फ गएको थापा मगरले बताए । ‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ’, उनले भने ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : २९ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि