गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने « Khabarhub

गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बिचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

जनता समाजवादी पार्टीले सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै सत्तारुढ गठबन्धन छाडे लगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपा नेपालका नेताहरू अपरान्ह बिहीबार प्रधानमन्त्री निवास पुगेका थिए।

लोसपाका नेताहरू लोसपाका नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए।

छलफलमा उनीहरूले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ। लोसपाका नेता जितेन्द्र सोनाका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : ५३ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक