स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बागी दिएर जितेका समुहद्वारा प्रदेशसभामा उम्मेदवारी घोषणा « Khabarhub

स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बागी दिएर जितेका समुहद्वारा प्रदेशसभामा उम्मेदवारी घोषणा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

असोज– महोत्तरी क्षेत्र न.१ क मा स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट बागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ ।बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काङ्ग्रेसका पूर्व नगर सभापति युवराज पोखरेललाई अगाडि सारेको हो ।

यसअघि नेपाली काङ्ग्रेसले पाटीबाट विद्रोह गरेकाहरूलाई निर्वाचनमा सघाउन र निर्वाचनपछि कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर प्रल्हाद क्षेत्रीपक्षले गरेको निर्णयलाई लिएर पाटीका केन्द्रिय सदस्यहरूले पुन पाटीका विरुद्ध विद्रोहको संज्ञा दिएका छन । पाटीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै उहाँहरूले हतार गर्नुभयो, केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने यो पनि पाटीका विरुद्ध विद्रोही नै हो ।

पाटीसँग कारवाही फुकुवाको लागी पटक-पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्रीपक्षको दाबी छ । स्थानीय निर्वाचनमा जेब्रा चिन्हबाट निर्वाचित भएका प्रल्हाद क्षेत्रीले प्रदेशमा पनि जित्ने विश्वास व्यक्त गरे । ४ वटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाई ५८८७ को  फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजु खड्काले ८३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४२१० मत ल्याएर विजयी भएका थिए ।

तर यही मतलाई आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारिएका  युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिपप्णी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाई माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सबै दलहरूले सहयोग गरेका थिए । 

विशेषगरि काङ्ग्रेसबाट नै ठूलो सहयोग बटुलेका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारकोरुपमा निर्वाचित भएपनि स्वतन्त्र भन्दापनि दलगत राजनिती गरेको हुनाले उनिप्रतिको अपेक्षा निक्कै कम भएको उनी निकट एक जना कार्यकर्ता बताउँछन । जित्न कै लागी हो भने बलियो रणनीति बनाउनुपर्छ नत्र गार्‍हो छ  । उनले भने ।

क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ । गठबन्धनबाट छुट्टिएपछि जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी  वा एमाले कुन पाटीलाई सहयोग गर्ने भन्ने निर्णय भइनसकेको क्षेत्रीपक्षको भनाइ छ ।

तर नेपाली काङ्ग्रेस निकट नेताहरूले क्षेत्री पक्षले पुन: गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पूर्णरुपमा बन्द हुनसक्ने बताएका छन । यो विषयमा जिल्ला सभापति नागेश्वर यादवसँगै सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको यो निर्णय पाटीको लागी पुन:  विद्रोह भएको बताए । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : १६ बजे

जनै पूर्णिमामा नेवार समुदायले यसरी मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा