स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बागी दिएर जितेका समुहद्वारा प्रदेशसभामा उम्मेदवारी घोषणा « Khabarhub

स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बागी दिएर जितेका समुहद्वारा प्रदेशसभामा उम्मेदवारी घोषणा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

असोज– महोत्तरी क्षेत्र न.१ क मा स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट बागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ ।बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काङ्ग्रेसका पूर्व नगर सभापति युवराज पोखरेललाई अगाडि सारेको हो ।

यसअघि नेपाली काङ्ग्रेसले पाटीबाट विद्रोह गरेकाहरूलाई निर्वाचनमा सघाउन र निर्वाचनपछि कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर प्रल्हाद क्षेत्रीपक्षले गरेको निर्णयलाई लिएर पाटीका केन्द्रिय सदस्यहरूले पुन पाटीका विरुद्ध विद्रोहको संज्ञा दिएका छन । पाटीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै उहाँहरूले हतार गर्नुभयो, केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने यो पनि पाटीका विरुद्ध विद्रोही नै हो ।

पाटीसँग कारवाही फुकुवाको लागी पटक-पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्रीपक्षको दाबी छ । स्थानीय निर्वाचनमा जेब्रा चिन्हबाट निर्वाचित भएका प्रल्हाद क्षेत्रीले प्रदेशमा पनि जित्ने विश्वास व्यक्त गरे । ४ वटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाई ५८८७ को  फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजु खड्काले ८३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४२१० मत ल्याएर विजयी भएका थिए ।

तर यही मतलाई आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारिएका  युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिपप्णी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाई माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सबै दलहरूले सहयोग गरेका थिए । 

विशेषगरि काङ्ग्रेसबाट नै ठूलो सहयोग बटुलेका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारकोरुपमा निर्वाचित भएपनि स्वतन्त्र भन्दापनि दलगत राजनिती गरेको हुनाले उनिप्रतिको अपेक्षा निक्कै कम भएको उनी निकट एक जना कार्यकर्ता बताउँछन । जित्न कै लागी हो भने बलियो रणनीति बनाउनुपर्छ नत्र गार्‍हो छ  । उनले भने ।

क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ । गठबन्धनबाट छुट्टिएपछि जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी  वा एमाले कुन पाटीलाई सहयोग गर्ने भन्ने निर्णय भइनसकेको क्षेत्रीपक्षको भनाइ छ ।

तर नेपाली काङ्ग्रेस निकट नेताहरूले क्षेत्री पक्षले पुन: गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पूर्णरुपमा बन्द हुनसक्ने बताएका छन । यो विषयमा जिल्ला सभापति नागेश्वर यादवसँगै सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको यो निर्णय पाटीको लागी पुन:  विद्रोह भएको बताए । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : १६ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह