जोखिममा परेका ३५ घर परिवारलाई सुरक्षित स्थानान्तरण « Khabarhub

जोखिममा परेका ३५ घर परिवारलाई सुरक्षित स्थानान्तरण


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वाबग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनियाअर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण अवरुद्ध रहेको घोराही–लमही सडकखण्ड खुलाउने प्रयाससमेत भइरहेको सेनाले जानकारी दिएको छ । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ३५ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले