अविरल वर्षाका कारण पहिरो जाँदा दुई घरमा पूर्ण क्षति | Khabarhub Khabarhub

अविरल वर्षाका कारण पहिरो जाँदा दुई घरमा पूर्ण क्षति


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली– तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए । पहिरोका कारण सोही ठाउँमा बिजुलीको पोल ढलाएर थप क्षति हुने सम्भावना रहेको उनले बताए । 

‘गाउँपालिकाभित्र बाढीपहिरोका कारण भएको क्षतिको विवरण तत्काल संकलन गरी पीडितलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घ सरकारसँग माग गर्दछौँ’, उनले भने।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–४ मादी पुल नजिक आज सडक भासिएको छ । सडकमाथिबाट खसेको पहिरोका कारण पानी सडकमा आउँदा सडकको केही भाग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए । ‘पहिरो खसेपछि पानी सडकमै बग्दा सडक भासिएको हो, पानीलाई वैकल्पिक माध्यमबाट अन्यत्रै बग्ने बनाएका छौँ”, उनले भने, “भासिएको सडकको मर्मतको काम सुरु भइसकेको छ ।’

वर्षाका कारण पहिरो जाँदा व्यास नगरपालिका–३ र ५ मा तीन घरमा क्षति पुगेको छ । व्यास–३ देउराली नगरको भिमसेन मन्दिर पछाडिपट्टिको ढिस्को खस्दा नयाँ बन्दै गरेको घरमा क्षति पुगेको छ । यस्तै व्यास नगरपालिका–५ मानुङकोटमा पनि पहिरोका कारण दुई घरमा क्षति पुगेको स्थानीय चुडामणि दाहालले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–३ शान्तिनगरमा पनि पशु सेवा विज्ञ केन्द्रको पर्खाल नजिक पहिरो गएको छ ।

वर्षाले व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन जाने बाटो क्षतविक्षत बनाएको छ । व्यास–१ करङकाठमा बुल्दी खोला बढ्दा खोला पार गर्ने क्रममा एउटा मोटरसाइकल सहित चालकलाई बगाएको छ । चालकलाई भने शकुसल उद्धार गरिएको छ भने मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ५४ बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई