पदमार्ग जोगाउन स्थानीयवासीको माग « Khabarhub

पदमार्ग जोगाउन स्थानीयवासीको माग


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका  स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् । उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन् । 

पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिदिङका प्रज्वल क्षेत्रीले बर्सेनि हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पुगेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए । ‘अब यहाँभन्दा माथि मोटरबाटो खन्ने काम रोकेर सरकारले मर्दी पदयात्रालाई जोगाउनु पर्दछ’, क्षेत्रीले भने, ‘केन्द्रीय विद्युत् अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ । सरकारले व्यवस्थित गरेर पर्यटकलाई सुविधा दिनुपर्दछ ।’

मर्दी पदयात्रा माछापुच्छ्रेको सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत सुरु गर्न सकिन्छ । सुन्दर हिमशृङ्खलाको दृश्यावलोकनसहित लालीगुँरासको सुन्दरतामा रमाउँदै पर्यटकले पदयात्रा गर्ने गर्दछन् । पर्यटकहरू पदयात्रा गर्दै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमालको आधार शिविरसम्म पर्यटक पुग्छन् । 

पदयात्रामा होटलहरु खुलेका छन् । तर, विद्युत्, खानेपानी लगायतका समस्या छन् । चुनावी अभियानमा आएका उम्मेदवारलाई स्थानीयवासीले यहाँका समस्या सुनाउँदै समाधानको माग गर्ने गर्दछन् । 

माछापुच्छ्रे गाउँपालिका–८ कोलेलीका गणेश आचार्यले मर्दी हिमाल र माछापुच्छ्रे नमूना पदमार्गको विकासमा सरकारको ध्यान नपुगेको बताए । बर्सेनि पर्यटक बढिरहेकाले पर्यटकीय पूर्वाधार थप गर्दै जानुपर्ने उनको माग छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : १४ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको