कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा | Khabarhub Khabarhub

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले प्राप्त गरेको जित जोगाउनुपर्ने दबाबमा छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरी २०४८ देखि प्राप्त गर्दै आएको जित जोगाउने दबाबमा छन् ।

थारु बाहुल्यता रहेको सो क्षेत्रमा दुईजना थारूको उम्मेदवारी परेका कारण मत विभाजन हुने र नतिजा आफ्नो पक्षमा आउने अपेक्षा एमालेका उम्मेदवार तपेन्द्र रावलको छ ।

टीकापुर घटनालाई राजनैतिक मुद्दा बनाइनुपर्ने र पहिचानमा आधारित संघीयताको मुद्दा बोकेर करिब एक वर्षअघि रञ्जिताकै अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा कैलालीको टीकापुर क्षेत्रमा चार पालिकामा जित हासिल गरेको थियो । २०७४ मा भूमिगत रूपमै कैलाली १ बाट उम्मेदवार बनेका रञ्जिताका श्रीमान् रेशम चौधरी अत्यधिक मतले विजयी भएका थिए ।

तर नागरिक उन्मुक्ति पार्टीका लागि कांग्रेसका रामजनम चौधरी चुनौती बन्ने देखिएका छन् । थारु बाहुल्यता रहेको सो क्षेत्रमा रामजनम चौधरी समुदायसँग भिजेका नेता हुन् । रामजनम २०४८ को आमनिर्वाचनमा कैलाली–२ बाट २८ वर्षको उमेरमा सांसद भएका थिए । तत्कालीन अवस्थामा कैलाली जिल्लामा तीन निर्वाचन क्षेत्र थिए । त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट सांसद बने । २०७० मा भने कैलाली ३ मा पराजित भएका थिए । उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्यमन्त्री भएका थिए ।

स्थानीय तहमा पाएको मतले पनि रामजनमलाई केही हौसला थप्न सक्दछ । कैलाली–१ मा सत्तारुढ गठबन्धन दलले वडास्तरमा २२ हजार मत पाएका छन् । जहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार मत मात्रै प्राप्त गरेका छन् । एमालेले वडास्तरमा नौ हजार आठ सय मत प्राप्त गरेको थियो । 

टीकापुर नगरपालिकाको मेयर भइसकेका एमालेका उम्मेदवार रावल आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने र पुनः मौका दिनेमा आशावादी छन् । स्थानीय तहमा एमालेले सो क्षेत्रबाट साढे नौ हजार मत मात्रै पाएको थियो । तर दुईजना चौधरी समुदायका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा थारु मत विभाजन हुने र पहाडी मतदाताको मत पाएर आफू चुनाव जित्ने रणनीति रावलको छ । देशैभर एमालेप्रति जनलहर रहेका कारण आफूलाई चुनाव जित्न समस्या नहुने उनी बताउँछन् ।

२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले नागरिकको सहानुभूति मत पाएका थिए । तर अहिले रेशमको स्थानमा उनकी पत्नी उम्मेदवार छन् । आममतदाताले उनकी पत्नी रञ्जितालाई कसरी हेरेका छन्, सो कुरा पनि महत्वपूर्ण हुन सक्दछ । 

पहिचानसहितको संघीयता, टीकापुर घटनाको राजनीतिक रूपमा सम्बोधन, पछाडि पारिएका वर्गको अधिकारको सुनिश्चिततासहितका मुद्दा समेटेर जेलमा रहेका रेशमले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको गठन गरेका थिए । नागरिक उन्मुक्तिले ती मुद्दा उठाउँदै टीकापुर  नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकमा जितेको थियो ।

रञ्जिता आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँछिन् । ‘गरिबका छोराछोरीलाई अधिकार मागेकै आधारमा जेलमा राखिएको छ, उनीहरूको न्यायका लागि मेरो उम्मेदवारी हो,’ रञ्जिता भन्छिन्, ‘हाम्रो गुमेको पहिचान फिर्ता ल्याउन र पछाडि पारिएका वर्ग समुदायलाई राज्यको मूलधारमा ल्याउन मेरो उम्मेदवारी हो । त्यसैले म चुनाव जित्नेमा ढुक्क छु ।’ 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : २७ बजे

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर– झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती

बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य

सुनसरी : माटोमा जन्मेरमाटोको टीका लगाएपछिमाटो पनि मुटु हुँदोरहेछमाटो पनि

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग

काठमाडौं– गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मनकामना धाममा २१६ किलोको घण्टी 

खाँदवारी– सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना

प्रजातन्त्रवादी चिकित्सक संघको मधेश प्रदेश कार्यकारिणी समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिक चिकित्सक संगठन प्रजातन्त्रवादी चिकित्सक संघ (मधेश